वीरगन्ज महानगरका नगर प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

२०८३ जेठ १९ मङ्गलवार
सारांश
  • वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई पर्सा जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

वीरगञ्ज, १९ जेठ । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई पर्सा जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

 

अदालतका मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले नगर प्रमुख सिंहलाई ४ लाख १५ हजार धरौटीमा रिहा गर्न आदेश दिएका हुन् ।

 

अदालतले लिखतसम्बन्धी कसुर मुद्दामा चार लाख तथा झुटा विवरण पेश गरी नागरिकता दिलाएको मुद्दामा १५ हजार धरौटी माग गरेको छ ।

 

सिंहलाई मंगलबार बिहान पर्साको ठोरी रिसोर्टबाट पक्राउ गरिएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार