- सपथ समारोहपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले उनीहरूका साथमा भारतका तत्कालिन प्रधानमन्त्री डा मनमोहन सिंहलाई एक पत्र पठाएका थिए।
भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको केहि दिन पहिले निधन भयो। उनको निधनमा विश्वभरीबाट श्रद्धाञ्जली व्यक्त गरियो ।
सिंहको मृत्यपश्चात भारतीय राजनीति र आर्थिक क्षेत्रमा उनको योगदानका साथसाथै उनको व्यक्तित्वका बारेमा विभिन्न प्रशंगहरू स्मरण भएका छन्। यसमा नेपाल अछुतो रहने कुरै भएन। तर नेपालमा यतिबेला सामाजिक संजालमा स्वर्गीय सिंहसँग जोडिएको एउटा रोचक विषयले प्रवेश पाएको छ। त्यो हो तत्कालिन प्रधानमन्त्री मनमोहन सिंहले नेपालबाट पठाईएको पत्रलाई फोहोरमा फालिएको विषय।
गणतन्त्र स्थापना भएपछि प्रथम प्रधानमन्त्री भए माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'। उनको सपथ समारोहमा भारतबाट जनता दल (युनाईटेड) का नेता तथा पूर्व सांसद के.सी. त्यागी र जनता दल युनाईटेडकै पूर्व अध्यक्ष तथा पूर्व केन्द्रिय मन्त्री शरद यादव पनि सहभागी थिए ।
सपथ समारोहपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले उनीहरूका साथमा भारतका तत्कालिन प्रधानमन्त्री डा.मनमोहन सिंहलाई एक पत्र पठाएका थिए।
स्वदेश फ़र्किएपछि प्रधानमन्त्री प्रचण्डको सफथ समारोहमा सहभागी दुवै जनाले समय मिलाएर डा.मनमोहन सिंहलाई भेटेर पत्र हस्तान्तरण गर्न गए।
केसी त्यागी भन्छन "पत्रमा 'पिपुल्स रिपब्लिक अफ नेपाल' लेखिएको थियो, त्यो कम्युनिष्टको भाषा हो।" मनमोहन सिंह रिसले चुर हुँदै "नेपाल नाम हुँदा हुँदै 'पिपुल्स रिपब्लिक अफ नेपाल' लेख्नुको के मतलव, यिनको दिमाग खराब भयो ?" भन्दै उक्त पत्र फोहोर फाल्ने ठाउँमा फालिदिए। केसीले एनडिटिभिको अन्तर्वार्ताका क्रममा भने।
यस घटनाका साक्षी के.सी. त्यागीले एनडिटिभिको एक भिडियो अन्तर्वार्ताका क्रममा यस प्रशंगलाई खुलाएका हुन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
तीन तहका सरकारबीच समन्वय बिना प्रभावकारी कानुन बन्न सक्दैन: सभामुख डीपी अर्याल
-
नेपाली महिला क्रिकेट टिम ४० रनमा अल आउट, हङकङसँग पराजित
-
प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भन्दै श्रम संस्कृति पार्टी सडकमा
-
दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो एकआपसमा ठोक्किँदा १४ जना घाइते
-
‘अब म होइन, हामी’ — रास्वपा सभापति रवि लामिछानेको आह्वान
धेरै पढिएको
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
विशेष
नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश
“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।