- कांग्रेस सांसद राहुल गान्धीले सन् २०२२ मा नेतृत्व गरेको भारत जोडो यात्रामा १८० संगठनहरू आवद्ध थिए।
महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले राहुल गान्धीले नेतृत्व गरेको भारत जोडो यात्रामा 'अर्बन नक्सल' संगठनहरू संलग्न भएको बताएका छन्। साथै उनीहरूले बीजेपी नेतृत्वको सरकारहरूलाई अस्थिर पार्ने षड्यन्त्र रच्न हालै नेपालमा बैठक गरेको आरोप लगाएका छन्।
विधानसभामा बोल्दै, फडणवीसले आर्थिक राजधानी 'मुम्बई'मा अशान्ति फैलाउनको लागि महाराष्ट्र विधानसभा चुनावको ठीक अगाडि नोभेम्बर १५ मा काठमाडौंमा बैठक आयोजना गरिएको बताएका हुन।
"महाराष्ट्र र बीजेपी शासित राज्यहरूमा इलेक्ट्रोनिक भोटिङ मेसिनको विरोध र मतपत्रको परिचय जस्ता मुद्दाहरू छलफल गरियो र प्रस्तावहरू पारित गरियो," फडणवीसले महाराष्ट्र विधान सभामा भने। सांसद फडणवीसका अनुसार छलफल १५ नोभेम्बरमा भएको थियो।
कांग्रेस सांसद राहुल गान्धीले सन् २०२२ मा नेतृत्व गरेको भारत जोडो यात्रामा १८० संगठनहरू आवद्ध थिए। जसमध्ये ४० संस्थाहरू गत १५ नोभेम्बरमा काठमाडौँमा भएको छलफलमा भाग लिएका थिए। तिनीहरू जसले भारत जोडो यात्राको लागि कार्यक्रम र पर्चाहरू प्रकाशित गरेका थिए।
१८० संस्थाहरू मध्ये करिब ४८ संस्थाहरूलाई अग्रगामी (उग्र कम्युनिष्ट) संगठनको रूपमा नाम दिइएको थियो," फडणवीसले विधानसभामा भने। ति संस्थाहरूलाई काङ्ग्रेस-एनसिपी सरकारका गृहमन्त्री आरआर पटेल द्वारा नै अग्रगामीको संज्ञा दिईएको थियो ।
फडणवीसले आतंकवाद विरोधी दस्ता (एटीएस) ले निर्वाचनमा विदेशी हस्तक्षेपको प्रमाण रहेको दाबी गर्दै चुनावमा टेरर फण्ड (आतंक कोष) को प्रयोगको बारेमा अनुसन्धान सुरु गरेको जनाएका छन्।
फडणवीसले संकेत गरेको (१५ नोभेम्बर) समय कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको 'कान्तिपुर कंक्लेव' (१३-१४ नोभेम्बर)को ठिक भोलिपल्ट हो । जसमा भारत सहित संसारका विभिन्न देशका व्यक्तिहरू सहभागी थिए। उक्त कार्यक्रममा भारतमा अर्बन नक्साल भनेर चिनिने कम्युनिष्ट अभियान्ता तथा भाजपाको कट्टर बिरोधि योगेन्द्र यादव पनि सहभागी थिए। साथै नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थी लगायतको उक्त कार्यक्रममा उपस्थिति थियो।
फडणवीसले संकेत गरेको समयमा नेपालमा पनि कार्यक्रम हुनु र त्यहाँ भारतका अर्बन नक्सलहरू उपस्थित हुनुले फडणवीसको भनाईमा सत्यता रहेको बुझ्न सकिन्छ।
यतिबेला भारतमा फडणवीसको खुलासाले राजनीतिक वृत्तमा सनसनी मच्चिएको छ। संसदमा फडणवीसले दिएको अभिव्यक्ति पछि हिजै मात्र योगेन्द्र यादवले भारतमा 'लोकतन्त्र मारिएको' जस्ता अभिव्यक्ति दिएक छन्। उनि सडकबाट बिद्रोह गरेर लोकतन्त्र बचाउनुपर्ने तर्क गर्न थालेका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
बदलिदो विश्व परिस्थतिमा नेपालले कस्तो परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ?
-
गुगल सर्च अब 'पर्सनलाइज' हुने, निजी कुराको पनि दिने छ जवाफ
-
यी हुन् विश्वका सबैभन्दा बढी ट्राफिक जाम हुने पाँच शहर
-
चर्चित निर्वाचन क्षेत्र: झापा–५ को चुनावी गणित, ओलीको गढमा बालेनको चुनौती
-
विनम्र भन्दा रुखो प्रश्न सोध्दा एआईले दियो सहि जवाफ !
विशेष
'उर्जा संकटकाल': २८,५०० मेगावाटको लक्ष्य प्राप्ति र नीतिगत अवरोधहरूको निकास
लगानीकर्ताहरूका लागि अर्को ठुलो समस्या सेबोन र आईपीओ निष्कासनमा देखिएको ढिलासुस्ती हो । अहिले करिब ५० वटा जलविद्युत कम्पनीहरूको आईपीओ पाइपलाइनमा छ । महिनामा एउटा कम्पनीलाई मात्र अनुमति दिने हो भने पनि यी सबैलाई ५० महिना लाग्छ ।