इरानमा इजरायलको जवाफी आक्रमण, तेहरानमा सुनियो विस्फोटका आवाज

२५ जेठ २०८३, सोमवार
सारांश
  • विस्फोटको कारण र त्यसबाट भएको क्षतिबारे तत्काल कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन ।

काठमाडौँ: इजरायलले इरानको पश्चिमी र मध्य क्षेत्रमा रहेका सैन्य लक्ष्यहरूमा आक्रमण गरेको छ ।

 

इरानको राजधानी तेहरानमा पनि धेरै शक्तिशाली विस्फोटका आवाज सुनिएको राज्य सञ्चालित मेहर समाचार संस्थाले जनाएको छ । विस्फोटको कारण र त्यसबाट भएको क्षतिबारे तत्काल कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन ।

 

यसअघि इरानले इजरायलमा मिसाइल आक्रमण गरेको थियो, जसलाई इजरायलले असफल पारेको दाबि गरेको थियो ।

 

इरान र इजरायलबीच आक्रमण शुरु भएपछि युद्धविराम तोडिएको र फेरी युद्ध हुने आशंका बढेको छ । इरानले इजरायलले लेबनानमा आक्रमण नरोकेमा पुन: आक्रमण गर्ने चेतावनी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश

“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।

थप समाचार