इरानसँग पुनः द्वन्द्व चर्किदा नेतान्याहूलाई राजनीतिक रुपमा फाइदा भएको विश्लेषण

२५ जेठ, २०८३, सोमवार
सारांश
  • विश्लेषकहरूका अनुसार नेतन्याहूको ट्रम्प प्रशासनले अघि बढाइरहेको सम्भावित शान्ति सम्झौताप्रति असन्तुष्टि रहेको छ । उनले त्यस्तो सम्झौताले इजरायलको सुरक्षा नीतिमा असर पार्न सक्ने र लेबनानस्थित सशस्त्र समूह हिजबुल्लाहविरुद्ध इजरायलले चाल्ने सैन्य कदमहरू सीमित हुन सक्ने आशंका गरेका छन् ।

काठमाडौँ: पछिल्लो पटक इरानसँग मिसाइल हानाहान गर्न शुरु भएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई राजनीतिक फाइदा हुने भएको छ ।

 

इरानसँग पुनः चर्किएको द्वन्द्व राजनीतिक रूपमा फाइदाजनक बनेको विश्लेषण गरिएको हो । न्यूयोर्क टाइम्सले यस घटनाले नेतन्याहूलाई आफ्ना असन्तुष्ट समर्थकमाझ आफू अमेरिकी दबाबमा नझुक्ने नेता भएको सन्देश दिन मद्दत गरेको विश्लेषण गरेको छ ।

 

रिपोर्टअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको विरोध गर्ने वा कम्तीमा त्यस्तो देखाउने रणनीति नेतन्याहूका लागि राजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ । केही महिनापछि हुने चुनावअघि सार्वजनिक मत सर्वेक्षणमा उनी पछि परिरहेका छन् र पराजयको जोखिम बढ्दै गएको बताइएको छ। केवल एक साताअघि ट्रम्प र नेतन्याहूबीच टेलिफोन वार्ताका क्रममा तनावपूर्ण संवाद भएको थियो । त्यसपछि ट्रम्पले सार्वजनिक रूपमा उक्त वार्तामा आफूले नेतन्याहूलाई 'पागल' समेत भनेको स्वीकार गरेका थिए ।

 

विश्लेषकहरूका अनुसार नेतन्याहूको ट्रम्प प्रशासनले अघि बढाइरहेको सम्भावित शान्ति सम्झौताप्रति असन्तुष्टि रहेको छ । उनले त्यस्तो सम्झौताले इजरायलको सुरक्षा नीतिमा असर पार्न सक्ने र लेबनानस्थित सशस्त्र समूह हिजबुल्लाहविरुद्ध इजरायलले चाल्ने सैन्य कदमहरू सीमित हुन सक्ने आशंका गरेका छन् ।

 

इरानसँगको नयाँ तनावले नेतन्याहूलाई आन्तरिक राजनीतिक दबाबबाट केही राहत दिएको भए पनि क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्न सक्ने विश्लेषण गरिएको छ ।

 

अमेरिकाले इरानमाथि आक्रमण नगर्ने स्पष्ट निर्देशन दिएपनि इजरायलले सोमबार इरानका विभिन्न स्थानमा मिसाइल आक्रमण गरेको छ । इजरायलले इरानले गरेको आक्रमणपछि जवाफी आक्रमण गरेको हो । तर इरानले भने इजरायलले लेबनानमाथि आक्रमण जारी राखेमा फेरी आक्रमण गर्ने चेतावनी दिएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश

“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।

थप समाचार