इरानले पुन: बन्द गर्यो होर्मुज

५ बैसाख, २०८३, शनिवार
सारांश
  • इरानले अमेरिकाले आफ्ना बन्दरगाहमाथि लगाएको नाकाबन्दी नहटाएसम्म यो प्रतिबन्ध जारी रहने स्पष्ट पारेको छ । संयुक्त सैन्य कमानले जारी गरेको वक्तव्यमा होर्मुज जलडमरू पूर्ण रूपमा सुरक्षाकर्मीको नियन्त्रणमा रहेको र कडाइका साथ व्यवस्थापन भइरहेको जनाइएको छ ।

काठमाडौँ: इरानले होर्मुज जलडमरू हुँदै हुने जहाज आवतजावतमा पुन: रोक लगाएको छ । उक्त महत्वपूर्ण समुद्री मार्गमा कडा नियन्त्रण लागू गर्दै इरानले यो निर्णय गरेको हो ।

 

इरानले अमेरिकाले आफ्ना बन्दरगाहमाथि लगाएको नाकाबन्दी नहटाएसम्म यो प्रतिबन्ध जारी रहने स्पष्ट पारेको छ । संयुक्त सैन्य कमानले जारी गरेको वक्तव्यमा होर्मुज जलडमरू पूर्ण रूपमा सुरक्षाकर्मीको नियन्त्रणमा रहेको र कडाइका साथ व्यवस्थापन भइरहेको जनाइएको छ ।

 

यसअघि इरानले मार्ग खुला गर्न सकिने संकेत दिएको थियो । तर अमेरिकाले आफ्नो अडान नबदलेपछि इरानले निर्णय परिवर्तन गर्दै आवतजावत रोक्ने कदम चालेको हो ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सहमति नभएसम्म, जसमा परमाणु कार्यक्रमसमेत समावेश छ, नाकाबन्दी जारी रहने बताएका थिए । त्यसपछि इरानले कडा प्रतिक्रिया दिँदै समुद्री मार्गमा आवतजावत रोक्ने निर्णय गरेको हो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध

मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।

थप समाचार