इज्रायलको इरानमाथि आक्रमण, अब कस्तो परिणाम?

२०८२ जेठ ३१ शनिवार
सारांश
  • विगत तिन चार दशकको अन्तराष्ट्रिय राजनीति हेर्यौं भने अथवा ७० कै दशक देखिको अन्तराष्ट्रिय राजनीति हेरियो भने अमेरिकाले गरेका धेरैवटा गल्ती मध्ये एउटा पाकिस्तानलाई आणविक शक्ति सम्पन्न बनाउनु र युक्रेनलाई आणविक शक्ति विहिन बनाउनु धेरै ठुला गल्तीहरु मध्येका देखिन्छन्।

हालै इजरायलले इरान माथि धेरै ठुलो आक्रमण गरेको छ। २०० वटा फाइटर जेटले विभिन्न ठाउँमा आक्रमण गरेको छ, विशेष गरेर तेल र आणविक संवर्धन स्थल र सैन्य स्थलहरुलाई आक्रमणको निशाना बनाइएको छ। अहिलेसम्म प्राप्त समाचार अनुसार उक्त आक्रमणमा इरानका तिनवटै सेनाका सेनाध्यक्षहरु मारिएका छन्। ईरानका राष्ट्राध्यक्ष आयतुल्ला खुमेनीका लागि विशेष सेना छ, जसलाई रिभोलुसनरी गार्ड भनिन्छ। त्यसका अध्यक्षलाई झनै शक्तिशाली मानिन्छन् र त्यसका अध्यक्ष हुसेन सलामी पनि मारिएका छन्। अर्थात चारै वटा, तीनवटा सेना र एउटा विशेष सेनाका मुख्य कमान्डरहरु मारिएको अवस्था छ। 
साथै छ जना आणविक वैज्ञानिकहरु पनि मारिएको पुष्टि भैकेको छ।

 

यो धेरै ठुलो आक्रमण हो। इरान माथि आक्रमण त होला भन्ने जस्तो छनकहरु त थिए, तर यो तहको आक्रमण नै एकैचोटी होला जस्तो चाहिँ धेरैले कल्पना गरेका थिएनन। र अझ गजबको विषय के छ भने इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो आक्रमण निरन्तर रहने र रहन सक्ने सम्भावना देखाएका छन भने राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले दुई तिन महिना अगाडि देखि इरानलाई युरेनियम संवर्धन नगर्न र आणविक हतियार विकास गर्नका लागि अगाडि नबढन वार्ता गर्नलाई एकदम हिदायत दिएको तर त्यसमा इरानले नसुनेको हुनाले यो परिणाम भोग्नु परेको भनेर इजराइली आक्रमणको समर्थन गरेका छन्। र सँगसंगै अझै पनि चेतेर टेबुलमा नआए यो भन्दा पनि भीषण र क्रुर आक्रमण हुन सक्ने चेतावनी दिएका छन्। त्यति मात्र होइन, अमेरिकाले अब पूर्णरुपेन आफ्नो मिलिटरी एसेट्स भूमध्यसागर देखि, हिन्द महासागरको डियागो ग्रासीमासम्म तैनात गरेको छ। र कुनै पनि बेला युद्धको लागि तयार रहेर बसेको देखिन्छ।

 

यसले अब युद्धको परिस्थिति अगाडि बढेको हो भन्नलाई शंका गर्नु परेन। यसलाई अब हारेको अवस्थामा इरान बस्न पनि नसक्ने र प्रत्याक्रमण गर्दा तत्काल १०० वटा जति ड्रोन त इरानले आक्रमण गरेको थियो तर ति सबै आक्रमण इजरायलले विफल बनाइदिएको छ। फेरी सेनाका प्रमुखहरु नै नभएको अवस्थामा र झन्डै ८० वर्ष नाघीसकेका आयतुल्ला खुमेनीलाई सुप्रिम लिडर बनाएर इरानले प्रत्यामणको त्यो तादादमा अगाडि बढ्न सक्ने अवस्था नहुन सक्छ।

 

विशेष गरेर इरानको नतान्च भन्ने ठाउँमा ३५० मिटर तल युरेनियम सम्वर्धन स्थल रियाक्टरहरु राखिएको रहेछ। र आणविक अस्त्र अथवा एटम बम बनाउन सक्ने ७ टन भन्दा बढी युरेनियम उसले संवर्धन गरिसकेको अवस्थामा, अब त्यो सम्पूर्ण फ्यासिलिटीलाई दखल नगरे पनि २५ देखि ३० प्रतिशत उसको क्षमतालाई समाप्त पारेको र उसको मानव संसाधन अर्थात वैज्ञानिकहरुलाई त धेरै हदसम्म समाप्त पारेको भनेर इजरायलले जनाएको छ। सम्भवत: अब अरु आक्रमणहरुबाट बाँकी रहेको क्षमता पनि ध्वस्त गर्न इजरायल चाहन्छ भन्ने कुरा उसको प्रतिक्रियाबाट आकलन गर्न सकिन्छ।

 

अरब राष्ट्रहरुको निश्चय पनि इजरायलको विरुद्धमा प्रतिक्रिया त छ जस्तो साउदी अरेबिया, कतार, कुवेतको तर इरानको पक्षमा धुर पस्न सक्ने अवस्था पनि छैन, धुर्पस्ने उनीहरुको प्रतिक्रिया पनि छैन। तिनीहरु भन्दा टर्कीको अलि कडा प्रतिक्रिया छ। तर टर्की पनि धुरै पस्न सक्ने अवस्था छैन।

 

इरानमा आक्रमण हुन सक्छ भन्ने अनुमान त लगभग लगभग यसको कन्फर्मेसन दुई तिन दिन अगाडी त भएको थियो। जब अन्तराष्ट्रिय आणविक उर्जा एजेन्सीले इरानले आणविक उर्जा एजेन्सीका शर्तहरु र अन्तराष्ट्रिय मान्यताहरु पालना नगरेको भनेर उसले प्रस्ट घोषणा गरेको थियो। त्यसपछाडी नै इरान माथि आक्रमण हुने शंका बढेर गएको थियो। फेरी अमेरिकाले यो संकेत पहिलेदेखि र यसको पूर्वाधार तयार पारेरै बसिराखेको थियो। र त्यो आणविक उर्जा एजेन्सीको घोषणा पश्चात अमेरिकाको पाकिस्तान प्रतिको व्यवहार अचम्म किसिमले परिवर्तन भएको थियो। यसप्रति भारतले अलिकति कठोर टिप्पणी गरेको थियो। अर्थात इरान माथि आक्रमण हुदा पाकिस्तान कदाचित फेरी प्रतिरोधमा ननिक्लियोस भनेर त्यसको कुटनीतिक व्यवस्थापन पहिले नै अमेरिकाले गरेको देखिन्छ। यो एउटा महत्वपूर्ण संकेत थियो। र त्यो भन्दा अगाडि अब इरानले फेरी अमेरिका र इजरायलको रिसमा साउदी अरब कतारहरु र युएइ माथि आक्रमण गर्छ कि भनेर त्यहाँ भन्दा केहि समय अगाडी धेरै ठुलो हतियारको डिल गरेर उनीहरुको सैन्य क्षमता पनि अमेरिकाले बढाई सकेको स्थिति थियो।

 

पुरा आफ्नो ध्यान मध्य पूर्वमा अथवा इरानमा मात्र केन्द्रित होस् भनेर युक्रेन युद्धलाई पनि समाप्त गर्न ट्रम्पले यत्न गरेका हुन्। यद्यपी अहिलेसम्म समाप्त भएको अवस्था छैन। र यी सबैले चाहिँ इरान माथि आक्रमणको संकेत त देखाएकै थियो र आक्रमण भयो पनि। अब यो धेरै इरानको सैन्य क्षमता त ब्यालिस्टिक मिसाइलहरुको स्टोरमै आक्रमण भएको स्थिति देखिन्छ र धेरै ठुलो सैन्य क्षमता कमजोर भएको छ।  रुसले त्यो सैन्य क्षमतालाई अगाडि बढाउन सिधा सहयोग दिन सक्ने स्थितिमा छैन, रुसको आफ्नो प्रकारको ईङ्गेजमेण्ट छ। र अझ बाल्टिक क्षेत्रमा पनि तनाव बढेर गएको स्थिति छ। त्यो अवस्थामा रुस आफै यो क्षेत्रमा पनि अर्को फ्रन्टमा कति अगाडि बढ्न सक्ला ?

 

त्यसकारण इरानको पक्षमा युद्धै गर्ने हद र युद्धका लजिस्टिकनै दिने हदसम्म त चीन पनि पुग्ने अवस्था देखिदैन। इरान बडो एक्लो अलग धलक परेको अवस्था देखिन्छ। यसले प्रोक्सीहरु मार्फत केहि गर्ला भन्ने प्रश्न रहन्छ। अब हिजुल्लाको हालत त धेरै खराब भईसक्यो, हमासको हालत त्यस्तै छ। एउटा हुति छ। र यस्ता प्रक्सीहरु मार्फत चाहिं  गुरिल्ला युद्ध अथवा आतंककारी युद्धलाई पनि अगाडी बढाउन स्वयम् इरानले समर्थन गर्न सक्छ। यिनीहरुलाई कति आपूर्ति गर्न सक्छ , मतलब लजिस्टिकहरु कति दिन सक्छ ? त्यो हेर्दाखेरि अब त्यो क्षमता पनि इरानको ह्रास हुने देखिन्छ।

 

नेपालीहरुलाई आम रुपमा अलिकति झोकै चल्या होला ! इजरायल र अमेरिकासँग यसै पनि हामीहरुलाई जहिले पनि झोकै चल्ने गर्छ। तर इरानको जस्तो प्रकारको शासन पद्धति छ र राज्य जुन प्रकारको एउटा सनकका भरमा चलिरहेको छ, कहिले निर्वाचन नलड्ने लड्नु नपर्ने एउटा धर्माधिकारी (इस्लामिक सहरिया)को सनकका आधारमा सारा निर्णय हुने अवस्था जुन इरानको छ त्यो अवस्थाको राज्यमा आणविक अस्त्र अथवा मास डिस्ट्रक्सन विनासकारी अस्त्र हुनु भनेको आफैमा धेरै खतरनाक कुरा हो। यो शेष विश्वका लागि जोखिमपूर्ण स्थिति हो।

 

पहिले तत्कालिन युएसएसआर र भारतलाई काउन्टर गर्नका लागि अमेरिकाले पाकिस्तानलाई जुन आणविक अस्त्र सम्पन्न बनाउनका लागि जुन प्रकारका पूर्वाधारहरु दिएको थियो त्यसको परिणाम अहिले सुखद छैन।

 

तत्कालिन सोभियत संघ टुक्रेपछि युक्रेनसँग पनि आणविक अस्त्र थियो, अंशमा परेको। तिनीहरुलाई समाप्त पारियो। आज त्यसले युक्रेनको प्रतिरक्षा क्षमता कमजोर भएर गयो। त्यसको परिणाम हामीहरुले देखिरहेखेका छौ।

 

त्यस्तै गरेर विगत तिन चार दशकको अन्तराष्ट्रिय राजनीति हेर्यौं भने अथवा ७० कै दशक देखिको अन्तराष्ट्रिय राजनीति हेरियो भने अमेरिकाले गरेका धेरैवटा गल्ती मध्ये एउटा पाकिस्तानलाई आणविक शक्ति सम्पन्न बनाउनु र युक्रेनलाई आणविक शक्ति विहिन बनाउनु धेरै ठुला गल्तीहरु मध्येका देखिन्छन्।

 

यतिबेला पाकिस्तान भन्दा पनि इरान धेरै जोखिमपूर्ण राष्ट्र हो। त्यसकारण इरानमा त्यस्ता प्रकारका आम विनाशकारी हतियार हुनुहुँदैन भन्ने अन्तराष्ट्रिय समुदायको सरोकार रहि आएको छ। त्यसअनुसार अब इरान सहमत हुन नसकेपछि अमेरिकाले आक्रमण गर्ने कि इजरायलले आक्रमण गर्ने भन्ने परिस्थिति थियो। अमेरिकाले आक्रमण गर्दाखेरि कतार, साउदी, युएइ तिरबाट गर्नुपर्थ्यो, तेस्रो देशलाई संलग्न बनाएर। त्यो स्थिति नरहेर इरानलाई इजरायलले आक्रमण गरेको छ। यसमा अरब राष्ट्रहरु मध्ये गजबको नीति चाहिँ जोर्डनको देखियो। हुन त इराकको पनि आकाश प्रयोग भएको छ तर इराकलाई कतिखेर र के प्रयोजनले आफ्नो आकाश प्रयोग भयो सायद भाप्नै सकेन। तर जोर्डनले भने इजराइलले आक्रमण गर्दा आफ्नो आकाश खोलिदियो तर अब अहिले चाहिँ आफ्नो आकाश सबै किसिमका त्यस्ता मिलिटरी प्रयोजनको हवाई उडानका लागि उसले प्रतिबन्ध लगाएको छ। अर्थात इजरायलले आक्रमण गरिसक्यो अब जोर्डनको आकाश प्रयोग गरेर इरानले आक्रमण गर्न सक्दैन। अब साउदी अरेबियाको आकाश पनि प्रयोग गर्ने कुरा आएन।  बिचमा ति राष्ट्रहरु पर्छन् । 


त्यसकारण जोर्डनको नीति चाहिँ चाखलाग्दो किसिमको देखिएको छ। जे होस्, मध्यपर्वमा युद्धको परिस्थिति चाहिँ निर्माण भएको छ र इरान एउटा फ्ल्यास पोइन्ट हो।  यहाँ कुनै पनि बेला युद्धउन्मुख स्थिति निर्माण हुन्छ भनेर लामो समय पाच-सात वर्ष अगाडी देखि मिअले त बोलि आएकै हो, कतिले याद गर्नुभएको छ।

 

यो भन्दा अहिले अर्को पनि परिस्थिति विश्वव्यापी रुपमा देखिएको छ। अरुतिर पनि युद्ध हुन्छ कि भनेर। त्यो एउटा आशंका तर्कमा आधारित आशंका निर्माण भएको छ। अमेरिकाले युवाहरुलाई भिसा चाहिँ अलिकति कढाई गर्दै जादाखेरि पश्चिम युरोप बेलायत लगायत जापानको स्टुडेन्ट भिसा निकै सहज बनाइएको छ। यसको पछाडी एक त त्यो देशको जनसंख्यामा युवा वर्कफोर्सको जरुरत भएर हो या अब युद्धको आभास हुन थालेपछि तेस्रो विश्वयुद्धका युवाहरुलाई त्यहाँ लगेर सेनामा भर्ति गर्नका लागि यो भईरहेको छ। यहासम्म कि युएइमा पनि, अरबहरुसँग त सेनाको जहिले पनि सारोगारै पर्छ। त्यहाँका सौखिन जनसंख्या लड्न खोज्दैनन । युएइमा त्यस्तो छ अब साउदी पनि त्यतै अध्यायमा जादै छ। त्यसकारण त्यहाँ पनि अहिले युवाहरुलाई लिएर जाने प्रक्रिया अलिकति तिव्र भएको छ। मलाई  यो बडो मननीय तथ्य जस्तो लागेको छ। त्यसकारण अरुतिर पनि युद्ध नभड्केला भन्न सक्ने स्थिति छैन। युक्रेनमा छदैछ। खैर जे होस् एउटा जिम्मेवार नागरिकको रुपमा र एउटा व्यक्तिको रुपमा कदाचित त्यस्तो नहोस् भनेर कामना मात्र गर्न सकिन्छ।

 

अब नेपालको परिस्थिति के हो र नेपालले लिने नीति के हो भन्ने कुरा त्यतिकै महत्वपूर्ण छ। यस्ता विषयमा हाम्रो राष्ट्रको स्वार्थमा केन्द्रित नीति हुनुपर्छ। कसले न्याय गर्यो, कसले अन्याय गर्यो भन्ने महत्वपूर्ण कुरा होइन। आफ्नो देशको स्वार्थलाई संवोधन गर्नुपर्ने चाहिँ सबैभन्दा ठुलो न्याय हो आफ्ना लागि। त्यो चाहिँ महत्वपूर्ण कुरा हो। हाम्रो देशको स्वार्थ भनेको साउदी अरेबिया, युएइ, कतारसँग जोडिएको छ र यी देशको अहिलेको परिस्थिति र उनीहरुको बढ्दै गएको सैन्य क्षमताको कारणले इरानले ति देशहरु माथि आक्रमण गरिहाल्ने स्थिति देखिदैन। त्यसकारण त्यो क्षेत्रमा रहेको नेपाली कामदारहरु जो वैदेशिक रोजगारमा जानुभएको छ, उहाहरुमा त्यत्रो अप्ठ्यारो परिस्थिति आइपरिहाल्ला जस्तो चाहिँ अहिलेसम्म देखिएको छैन।  अब भविष्यमा के हुन्छ भन्न सकिदैन। इजरायलमा पहिले पनि भएको हो, अहिले पनि त्यो स्थिति देखिन्छ तर इजरायलले पहिले पनि केहि छिटफुट दुर्घटना बाहेकको हकमा सबैलाई सुरक्षित रुपमै अहिलेसम्म राखेको छ। इजरायलसँग त्यो क्षमता भएको देखिन्छ।

 

हाम्रो राष्ट्रिय स्वार्थ प्रत्यक्ष रुपमा केही पनि इरानसँग जोडिएको छैन। तर यो आक्रमण पछाडि जुन तेलको मूल्यमा उछाल आएको छ, झण्डै एकै दिनमा पाँच प्रतिशतले बढेको छ र अब भोलिको बजार खुल्दा खेरि कति बढ्छ प्रति ब्यारेल भन्न सक्ने अवस्था छैन। त्यो भयो भने अब मूल्यमा चाप पर्न सक्छ। अब संसार भरिको पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुने बित्तिकै मूल्यमा चाप पर्छ। यो हामीहरुमा मूल रुपले पर्ने असरहरु यही हुन्। र हाम्रो राष्ट्रिय स्वार्थको हिसाबले इजरायल हाम्रा लागि महत्वपूर्ण छ। तर यो मुद्दामा सामान्य युद्धउन्मुख परिस्थितिको शिथिलीकरणको सैधान्तिक विषय भन्दा पर तिर गएर नेपालले केहि पनि धारणा राख्न सक्ने अवस्था छैन।  

 

लेख सामग्री: अरुण कुमार सुवेदी जीको भ्लगबाट ट्रान्स्क्राईब गरि प्रकाशित गरिएको 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध

मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।

थप लेखहरु