- रोयटर्सका अनुसार सोमबार नेपाली समयअनुसार बिहान ६ बजेर ४१ मिनेटसम्म ब्रेन्ट कच्चा तेलको वायदा मूल्य ९१ सेन्ट अर्थात् १.०९ प्रतिशतले वृद्धि भएर प्रतिब्यारेल ८४.४६ अमेरिकी डलर पुगेको छ।
काठमाडौँ: इरान र अमेरिकाबीचको तनाव कायमै रहनुका साथै होर्मुज जलघाँटी कहिले पुनः सञ्चालनमा आउने भन्ने स्पष्ट नभएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेको छ।
रोयटर्सका अनुसार सोमबार नेपाली समयअनुसार बिहान ६ बजेर ४१ मिनेटसम्म ब्रेन्ट कच्चा तेलको वायदा मूल्य ९१ सेन्ट अर्थात् १.०९ प्रतिशतले वृद्धि भएर प्रतिब्यारेल ८४.४६ अमेरिकी डलर पुगेको छ।
त्यसैगरी, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) कच्चा तेलको मूल्य पनि ६१ सेन्ट अर्थात् ०.७८ प्रतिशतले बढेर प्रतिब्यारेल ७८.७९ अमेरिकी डलर पुगेको छ।
यसअघि गत साता भने ब्रेन्ट र डब्ल्यूटीआई दुवैको मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको थियो। इरान र ओमानबीच चाँडै सम्झौता हुने तथा त्यसपछि होर्मुज जलघाँटी पुनः खुल्ने अपेक्षाले बजारमा आपूर्ति सहज हुने विश्वास बढ्दा तेलको मूल्यमा गिरावट आएको थियो।
युद्धअघि विश्वको कुल तेल आपूर्तिको करिब पाँचौँ हिस्सा होर्मुज जलमार्ग हुँदै हुने गरेको थियो। यही कारण उक्त रणनीतिक जलघाँटी लामो समय बन्द रहेमा विश्वव्यापी तेल आपूर्तिमा प्रतिकूल असर पर्न सक्ने आशंका गरिएको छ।
तेहरानले ओमानसँगको सम्झौता अन्तिम चरणमा पुगेको दाबी गरेको छ। यद्यपि, सम्झौता अघि बढाउन अमेरिकाले अझै केही सर्त पूरा गर्नुपर्ने इरानको भनाइ छ। यसै कारण होर्मुज जलघाँटी पुनः खुल्ने विषयमा अन्योल कायम रहँदा अन्तर्राष्ट्रिय तेल बजारमा पनि अनिश्चितता बढेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै
-
समस्याग्रस्त तीन सहकारीका २२० बचतकर्ताले पाए रकम
-
ज्ञानेन्द्र शाहीको चुनौती- त्यो अश्लील भिडियो मेरो पुष्टि भए राजनीतिबाट संन्यास लिन्छु
-
पूर्णबहादुर खड्काको गगनलाई आग्रह- पार्टीको सम्पूर्ण एकताको तत्काल पहल गर्नुस्
-
प्रधानमन्त्री शाहसँग भारतीय राजदुत श्रीवास्तवको भेटवार्ता
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।