विधुतीय गाडीप्रति पश्चिमी देशमा मोहभंग, नयाँ प्रविधिप्रति आकर्षित !

२०८३ वैशाख २६ शनिवार
सारांश
  • विश्वभर सवारी साधनप्रतिको मानिसको सोच, विधुतीय गाडीप्रतिको आकर्षण र चिनियाँ गाडीप्रतिको धारणा तीव्र रूपमा बदलिँदै गएको एक अध्ययनले देखाएको छ ।

काठमाण्डौ, २६ वैशाख । विश्वभर सवारी साधनप्रतिको मानिसको सोच, विद्युतीय गाडीप्रतिको आकर्षण र चिनियाँ गाडीप्रतिको धारणा तीव्र रूपमा बदलिँदै गएको एक अध्ययनले देखाएको छ । इप्सोसले सार्वजनिक गरेको ‘ग्लोबल मोबिलिटी रिपोर्ट २०२६’ अनुसार जापानका ९० प्रतिशत मानिसले चिनियाँ गाडी नकिन्ने बताएका छन् भने फ्रान्स, जर्मनी, अमेरिका र क्यानडाजस्ता देशमा विद्युतीय गाडीप्रतिको आकर्षण घट्दो क्रममा छ ।

 

३१ देशमा गरिएको सर्वेक्षणमा २३ हजार ७२२ जनाले सहभागिता जनाएका थिए । अध्ययनअनुसार विश्वभर औसत ४३ प्रतिशत मानिसले 'गाडी बिना जीवन असम्भव' भएको बताएका छन् । २२ देशका नागरिकले कारलाई नै आफ्नो पहिलो रोजाइको यातायात मानेका छन् । अमेरिकामा ६५ प्रतिशत मानिस कारबिना बस्न नसक्ने बताउँछन् ।

तर भारतको अवस्था भने फरक देखिएको छ । भारतका ६२ प्रतिशत मानिसले सार्वजनिक यातायातलाई पहिलो रोजाइ बनाउन चाहेको बताएका छन् ।

 

प्रतिवेदनले विद्युतीय गाडीप्रति पश्चिमी देशहरूको मोहभंग बढ्दै गएको संकेत पनि गरेको छ । फ्रान्स, जर्मनी, अमेरिका र क्यानडाजस्ता देश, जसलाई पहिले ईभी प्रवर्द्धनका प्रमुख समर्थक मानिन्थ्यो, अहिले विस्तारै त्यसबाट टाढिँदै गएको अध्ययनले देखाएको छ । जापानमा त ईभीप्रतिको समर्थन सूचकांक २८ प्रतिशतले घटेको छ ।

 

यसको ठीक विपरीत इन्डोनेसिया र मेक्सिकोमा ६०–६० प्रतिशत तथा चिलीमा ५७ प्रतिशत मानिस विद्युतीय गाडी अपनाउन उत्साहित देखिएका छन् । यसले विकासशील देशहरूमा ईभी बजार तीव्र गतिमा विस्तार हुन सक्ने संकेत दिएको छ ।

 

भारतमा विद्युतीय गाडीप्रतिको आकर्षण ४० प्रतिशत रहेको छ, जुन विश्व औसत ४७ प्रतिशतभन्दा केही कम भए पनि युरोप र उत्तर अमेरिकाभन्दा राम्रो अवस्थामा रहेको प्रतिवेदनमा उल्लेख छ ।

 

सेल्फ–ड्राइभिङ अर्थात् चालकबिनाको गाडीबारे पनि देशअनुसार धारणा फरक देखिएको छ । विश्वभर ३६ प्रतिशत मानिसले यस्तो प्रविधिलाई असुरक्षित मानेका छन् । फ्रान्समा यो नकारात्मक धारणा ३७ प्रतिशत, नेदरल्यान्ड्समा ३५ प्रतिशत र अमेरिकामा २५ प्रतिशत रहेको छ ।

 

तर भारतमा भने ४७ प्रतिशत मानिसले सेल्फ–ड्राइभिङ प्रविधिलाई सुरक्षित मानेका छन्, जुन विश्व औसतभन्दा धेरै हो । यसले नयाँ प्रविधिप्रति भारतीय उपभोक्ताको आत्मविश्वास अपेक्षाकृत उच्च रहेको देखाउछ ।

 

अध्ययनले भारतीय अटोमोबाइल बजारलाई विश्वकै खुला र प्रतिस्पर्धात्मक बजारमध्ये एकका रूपमा चित्रण गरेको छ । भारतमा १६ प्रतिशत मानिस कुनै प्रविधि कम्पनीबाट गाडी किन्न इच्छुक छन् भने २२ प्रतिशतले परम्परागत अटोमोबाइल कम्पनीलाई प्राथमिकता दिएका छन् ।

 

तर सबैभन्दा ठूलो तथ्य के देखिएको छ भने ६२ प्रतिशत उपभोक्ताले कुनै निश्चित कम्पनी वा ब्रान्डलाई प्राथमिकता दिएका छैनन् । यसले टाटा र महिन्द्राजस्ता भारतीय कम्पनीसँगै गुगल, साओमीजस्ता प्रविधि कम्पनीका लागि पनि ठूलो अवसर खुला रहेको संकेत गर्छ ।

 

प्रतिवेदनले जापानमा ९० प्रतिशत मानिसले चिनियाँ गाडी नकिन्ने बताएका छन् भने दक्षिण कोरियामा पनि चीनविरोधी धारणा बलियो रहेको उल्लेख छ ।

 

यता क्यानडामा ४८ प्रतिशत मानिसले अमेरिकी गाडी नकिन्ने बताएका छन् । विश्व बजारमा बढ्दो राजनीतिक र आर्थिक अविश्वासले उपभोक्ताको रोजाइमा प्रभाव पारिरहेको अध्ययनले देखाएको छ । प्रतिवेदनअनुसार ४२ प्रतिशत मानिसले कुनै न कुनै देशको गाडी किन्ने विषयमा हिच्किचाहट देखाएका छन् । यसमा चिनियाँ गाडी सबैभन्दा माथि रहेको छ । चिनियाँ गाडीको बहिष्कार दर ४१ प्रतिशत पुगेको छ भने अमेरिकी गाडीप्रति यस्तो धारणा करिब २४ प्रतिशत रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?

जुन २४ मा ३९ वर्ष पुग्ने मेसीका लागि यो विश्वकप विशेष महत्वको हुन सक्छ । विश्व फुटबलका महानतम खेलाडीमध्ये एक मानिने मेसी सामु यसपटक विश्वकप इतिहासका थुप्रै कीर्तिमान तोड्ने अवसर छ ।

थप समाचार