फिल्म 'रामायण' को बक्स अफिसमा दबदबा, पाँचौं दिन कमायो सय करोड
२४ कार्तिक, २०८३
- मिडिया रिपोर्टका अनुसार फिल्मका दुवै भाग निर्माण गर्न करिब ४ हजार करोड भारु खर्च हुँदैछ । यो बजेटसँगै फिल्म विश्वकै महँगा चलचित्रमध्ये एक बनेको छ । फिल्मले दिपावलीको फाइदा उठाएर कमाई नबढेमा फिल्म बक्स अफिसमा फ्लप हुनसक्ने अड्कलबाजी शुरु भएको छ ।
काठमाण्डौ, २४ कार्त्तिक । रणवीर कपुर अभिनीत बलिवुड फिल्म ‘रामायण’ ले प्रदर्शनको शानदार कमाई जारी राखेको छ ।
नोभेम्बर ५ मा प्रदर्शनमा आएको फिल्मले घरेलु बक्स अफिसमा पाँचौं दिन बम्पर कमाई गरेको छ । भारतमा फिल्मले सोमबार सय करोडभन्दा बढी कमाई गरेर नयाँ किर्तिमान बनाएको छ । फिल्मले सोमबार भारतमा १०७.५ करोड भारु कमाएको हो ।
योसँगै फिल्मले रिलिजको पहिलो पाँच दिनमा विश्वभरबाट ६ सय करोड भन्दा बढी कमाई गरेको छ । फिल्मले पाँच दिनमा घरेलु बक्स अफिसमा ३४६.३५ करोड कमाई गरेको छ भने भारत बाहिर २५० करोड कमाई गरेको साकनिल्कले उल्लेख गरेको छ ।
फिल्मले घरेलु बक्स अफिसमा पहिलो दिन ६४.८५ करोड भारु कमाएकोमा दोस्रो दिन ४८.५ करोड भारु, तेस्रो दिन ६९.८० करोड, चौथो दिन ५६.१५ करोड र पाँचौं दिन १०७.५ करोड भारु कमाएको छ । फिल्मले पाँच दिनमा विश्वभरबाट ६६३.९० करोड कमाई गरेको छ ।
मिडिया रिपोर्टका अनुसार फिल्मका दुवै भाग निर्माण गर्न करिब ४ हजार करोड भारु खर्च हुँदैछ । यो बजेटसँगै फिल्म विश्वकै महँगा चलचित्रमध्ये एक बनेको छ । फिल्मले दिपावलीको फाइदा उठाएर कमाई नबढेमा फिल्म बक्स अफिसमा फ्लप हुनसक्ने अड्कलबाजी शुरु भएको छ । पहिलो भागका लागि नै २ हजार करोड भन्दा बढी खर्च भएको भनिएको यो फिल्म फ्लप भएमा दोस्रो भाग बन्ने विषय अनिश्चित हुने समेत बताइएको छ ।
नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा रणवीर कपुर, यश, साई पल्लवी, सनी देओल, रवि दुबे, अनुपम खेरलगायत कलाकारको अभिनय रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।