आशा भोसलेको नेपाली गीत संगीतमा कति योगदान ?

२०८२ चैत्र ३० सोमवार
सारांश
  • सन् १९३३ सेप्टेम्बर ८ मा जन्मिएकी भोसलेले हिन्दी फिल्म संगीतमा आफ्नो जादुई आवाजले करोडौ प्रसंशको मन जितिन भने उनले नेपाली भाषाका गीतहरूमा पनि आफ्नो स्वर दिएकी छन् ।

काठमाण्डौ, ३० चैत्र । भारतीय संगीत जगतकी प्रख्यात गायिका आशा भोसले ९२ बर्षको उमेरमा धर्तीबाट बिदा भएकी छन् । हृदयघात भएपछि अस्पताल भर्ना भएकी आशाको आइतबार बिहान निधन भएको हो ।  

 

उनको जीवन यात्रा उतार-चढावले भरिएको प्रेरणादायी कथा रहेको छ । आफ्नी जेठी दिदी तथा स्वरसम्राज्ञी लता मंगेशकरको पदचिन्ह पछ्याउँदै उनी पनि सानै उमेरमा संगीत क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

 

सन् १९३३ सेप्टेम्बर ८ मा जन्मिएकी भोसलेले हिन्दी फिल्म संगीतमा आफ्नो जादुई आवाजले करोडौ प्रसंशको मन जितिन भने उनले नेपाली भाषाका गीतहरूमा पनि आफ्नो स्वर दिएकी छन्  ।

 

भोसलेले गाएकी चर्चित नेपाली गीतहरु -

 

१. आशाले दियो बाली साँझको ...  
२. गैह्री खेतको शिरै हान्यो ...
३. मोहनी लाग्ला है ...
४. यति धेरै माया दियौ ...
५. आज हाम्रो भेट भएको दिन ...
६. बसन्त नै बस्न खोज्छ यहाँ ...
७. किन बढ्दै छ ढुकढुकी ...
८. पहाडको माथि माथि ...
९. म प्यार बेचि दिन्छु ...
१०. चन्चले मन भुल्यो तिम्रो मनमा लुकेको कुरा ...
११. माया त माया हो ... आदि जस्ता लोकप्रिय नेपाली गीतमा स्वर दिएकी छन् । आशाले आफ्नो जदुयी स्वरले  नेपाली गीत गएर नेपाली गीत संगीतमा अतुलनीय योगदान गरेकी छिन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध

मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।

थप समाचार