साहित्यकार रुपक अलङ्कारको कविता संग्रह 'शान्त सर्वरी' विमोचन
२०८२ भाद्र २१ शनिवार
- साहित्यकार रुपक अलङ्कारको यस अघि विश्रान्त नामक महाकाव्य प्रकाशित भैसकेको छ।
साहित्यकार रुपक अलङ्कारको कविता संग्रह 'शान्त सर्वरी' विमोचन भएको छ। राजधानीको सर्वनाम थिएटर आयोजित एक कार्यक्रममा विशिष्ट साहित्यकारहरूको उपस्थितिमा कवितासंग्रह विमोचन भएको हो।
साहित्यकार भुवनहरि सिग्देल, प्रा.डा. भागवत ढकाल, बिन्दु शर्मा, शैलेन्द्र अधिकारी लगायतले सामुहिक रुपमा कविता संग्रहको विमोचन गरेका हुन्। कविता संग्रहमा 'देशलाई सुहाउन नसकेको मान्छे', 'कान्तिपुर गाथा', 'कहिले बनु मानिस', 'बाघको स्वागत गरौँ', 'तिम्रा निम्ति किन मरु म' लगायत ५० ओटा कविताहरू संग्रहित छन्।
कविता संग्रहको बारेमा टिप्पणि गर्दै बिन्दु शर्माले कवितामा कतै आक्रोश, कतै दु:ख, कतै शुख आदि पक्षहरूको मिश्रित रुपमा सम्प्रेषण गरिएको उल्लेख गरिन। यसरी आवेगात्मक रुपमा सम्प्रेषण गर्दा पाठकहरूमा दीर्घकालसम्म प्रभाव पर्ने बताईन। साथै उनले समकालिन परिस्थिति प्रतिको आक्रोश, व्यंग, बिद्रोह लगायत आम नागरिकको भोगाईहरू छन्, ति भोगाई आकांक्षा सम्यक अभिव्यक्तिका रुपमा कविता संग्रहमा देखा परेको उल्लेख गरिन। साथै उनले श्रष्टामा बढी आशावादिता र सकारात्मकतातिर अविभुत भएकाले बर्तमान अवस्थाबाट रुपान्तरण चाहेको आशय भएको बताईन।
त्यस्तै प्रा.डा. भागवत ढकालले श्रीमद् भागवतको निचोड 'सत्यम परम धीमहिलाई' नै कविताको शिर्षक बनाउदै कवि अलंकारले सत्यको खोजी गरेको कुरा बताए। प्रा.डा ढकालले कविता संग्रहमा समावेश भएको सबै ५० वटै कविताहरू पढौं, पढौं लाग्ने खालको भएको उल्लेख गरे।
साहित्यकार शैलेन्द्र अधिकारीले कवि रुपक अलङ्कार प्रगतिवादी कवि भएको उल्लेख गरे । शैलेन्द्र अधिकारीले टिप्पणि गर्दै भने ''कवि समसामयिक कवि हुन्, बर्तमान समयमा भएका हरेक विषयलाई आफ्ना कवितामा शालीन ढंगले व्यंग गर्न सक्षम कविका रुपमा देखिन्छन'' । साथै उनले कवि अलङ्कारको साहित्यमा संस्कृत तत्सम शब्द देखि झर्रो ठेट नेपाली शब्दको बेजेड समिश्रण हुने कुरा पनि उल्लेख गरे।
साहित्यकार रुपक अलङ्कारको यसअघि 'विश्रान्त' नामक महाकाव्य प्रकाशित भैसकेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
तीन तहका सरकारबीच समन्वय बिना प्रभावकारी कानुन बन्न सक्दैन: सभामुख डीपी अर्याल
-
नेपाली महिला क्रिकेट टिम ४० रनमा अल आउट, हङकङसँग पराजित
-
प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भन्दै श्रम संस्कृति पार्टी सडकमा
-
दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो एकआपसमा ठोक्किँदा १४ जना घाइते
-
‘अब म होइन, हामी’ — रास्वपा सभापति रवि लामिछानेको आह्वान
धेरै पढिएको
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
विशेष
नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश
“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।