- चेक गणतन्त्रले खेल सुरु भएको पाँच मिनेट सात सेकेन्डमै मिखाल सादिलेकको गोलबाट अग्रता लिएको थियो । यो गोल हालसम्म प्रतियोगिताकै सबैभन्दा छिटो गोल बनेको छ ।
काठमाण्डौ, ०५ अषाढ़ । तेबोहो मोकोएनाले खेलको ८३औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै दक्षिण अफ्रिकालाई विश्वकपमा चेक गणतन्त्रसँग १-१ गोलको बराबरी दिलाएका छन् ।
चेक गणतन्त्रले खेल सुरु भएको पाँच मिनेट सात सेकेन्डमै मिखाल सादिलेकको गोलबाट अग्रता लिएको थियो । यो गोल हालसम्म प्रतियोगिताकै सबैभन्दा छिटो गोल बनेको छ ।
सुरुआती दबाबपछि दक्षिण अफ्रिकाले खेलमा फर्कने प्रयास गरे पनि स्पष्ट अवसर सिर्जना गर्न सकेन । अन्ततः ८०औँ मिनेटपछि थापेलो मासेकोको प्रहार चेक खेलाडी पाभेल सुल्कको हातमा लागेपछि पेनाल्टी पाएको थियो । मोकोएनाले पेनाल्टीलाई सदुपयोग गर्दै टोलीलाई एक अंक दिलाएका थिए ।
यो बराबरीले दुवै टोलीको नकआउट चरण प्रवेश सम्भावना खुला नै राखेको छ । समूह ‘ए’ मा मेक्सिको र दक्षिण कोरिया माथिल्लो स्थानमा छन् भने दक्षिण अफ्रिका र चेक गणतन्त्रले अन्तिम समूह चरणका खेलमा जित निकाल्नुपर्ने दबाबमा रहेका छन् ।
अब दक्षिण अफ्रिकाले अर्को खेल जुन २५ मा दक्षिण कोरियासँग खेल्ने छ भने चेक गणतन्त्रले सोहि दिन मेक्सिकोसँग खेल्ने तालिका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
विश्वकपमा मेसी, एम्बाप्पे र हालाण्ड चम्किदा रोनाल्डो चुके !
-
मेस्सीको जादुमयी ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
-
एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।