दक्षिण कोरियालाई हराउँदै मेक्सिको विश्वकपको नकआउट चरणमा

२०८३ अषाढ़ ०५ शुक्रवार
सारांश
  • सह-आयोजक मेक्सिकोले जारी फिफा विश्वकपमा नकआउट चरणमा पुग्ने पहिलो राष्ट्र बनेको छ ।

काठमाण्डौ, ०५ अषाढ़ । सह-आयोजक मेक्सिकोले जारी फिफा विश्वकपमा नकआउट चरणमा पुग्ने पहिलो राष्ट्र बनेको छ । दक्षिण कोरियामाथि १-०  गोलको जित निकाल्दै मेक्सिकोले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

 

मेक्सिकोका मिडफिल्डर लुइस रोमोले ५०औँ मिनेटमा सहज प्रहार गर्दै निर्णायक गोल गरेका थिए । दक्षिण कोरियाका गोलकिपर किम सुङ ग्यु आफ्नै सहकर्मी ली गि ह्युकसँगको ठोक्किएपछि बल नियन्त्रण गर्न नसक्दा गोल सम्भव भएको थियो ।

 

दक्षिण कोरियाले खेलमा फर्कने राम्रो अवसर ८७औँ मिनेटमा पाएको थियो । चो गुए सुङको नजिकबाट गरेको हेडरलाई मेक्सिकोका गोलकिपर राउल राङ्गेलले उत्कृष्ट बचाउ गरेका थिए । त्यसपछि याङ ह्युन जुनको रिबाउन्ड प्रहार पनि उनले रोकिदिएका थिए ।

 

यसअघि कप्तान सोन ह्युङ मिनले राङ्गेललाई बिट गर्दै गोलको प्रयास गरेका थिए । तर एडसन अल्भारेजले गोललाइनमा बचाउ गरे, यद्यपि उक्त अवस्थामा उनी अफसाइडमा थिए ।

 

पहिलो हाफमा कमजोर प्रदर्शनपछि घरेलु दर्शकले हाफटाइममै टोलीलाई हुटिङ गरेका थिए । त्यसपछि दोस्रो हाफमा मेक्सिकोले खेल सुधार गर्दै ७५औँ मिनेटमा राउल हिमेनेजमार्फत अर्को गोल नजिक पुगे पनि उनको प्रहार बचाएको थियो  ।

 

सब्स्टिच्युट ओबेद वर्गासको शक्तिशाली प्रहारलाई पनि कोरियाली गोलकिपरले अन्त्यतिर राम्रो बचाउ गरेका थिए ।यस जितसँगै मेक्सिकोले विश्वकपमा लगातार जितको यात्रा कायम राखेको छ । प्रशिक्षक हाभियर अगिरेको टोलीले अब समूह ‘ए’ को शीर्ष स्थान सुनिश्चित गर्न चेक गणतन्त्रसँगको अन्तिम खेलमा बराबरी खेले मात्र पुग्ने भएको छ । समूह विजेता बने मेक्सिकोले नकआउट चरणका खेल मेक्सिको सिटीमा खेल्नेछ, जहाँ सम्भावित रूपमा इङल्याण्डसँग पनि सामना हुन सक्नेछ ।

 

हारका बाबजुद दक्षिण कोरिया भने पहिलो खेलमा चेक गणतन्त्रलाई हराएकाले नकआउट चरण पुग्ने सम्भावनामा अझै बलियो अवस्थामा छ । अब उसले दक्षिण अफ्रिकासँग निर्णायक खेल खेल्नेछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार