- काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा आज तीन खेल हुँदैछन् ।
काठमाण्डौ, १० जेठ । काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा आज तीन खेल हुँदैछन् । आज पहिलो खेल अपराहन्न १२ बजे पुल बी का इरान र श्रीलंकाबीच खेल हुँदै छ । त्यस्तै दोस्रो खेल पुल बी का बंगलादेश र काजकिस्तानबीच दिउसो साढे २ बजेदेखि खेल हुँदैछ ।
त्यस्तै तेस्रो खेल पुल ए का नेपाल र माल्दिभ्सबीच साँझ ५ बजेदेखि खेल हुने तालिका रहेको छ । नेपालले आफ्नो पहिलो खेलमा भारतसँग हार बेहोरेको थियो भने दोस्रो खेलमा किर्गिस्तानमाथि जित हासिल गरेको थियो । त्यस्तै माल्दिभ्सले भने आफ्ना दुवै खेलमा हार बेहोरेको छ । माल्दिभ्सले किर्गिस्तान र भारत दुवैसँग सोझो सेटमा पराजय बेहोरेको थियो । नेपाल सेमिफाइनलमा पुग्न आज माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्नुपर्ने भएको छ ।
जेठ १४ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित किर्गिस्तान, भारत, मालदिभ्स, इरान, काजकिस्तान, श्रीलंका र बंगलादेशले भाग लिदैछन् । यस प्रतियोगितामा नेपाल पुल ए मा भारत, किर्गिस्तान र माल्दिभ्ससँग रहेको छ ।
यस प्रतियोगिताका लागि निरुता ठगुन्नाको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय महिला भलिबल टिमको घोषणा गरिएको छ । नेपाली टिममा निरुता ठगुन्ना (कप्तान), उषा भण्डारी, मिना सुनार, सलिना बुढामगर, कामना विष्ट, रिमा कुँवर, सलिना श्रेष्ठ, बसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिशा मानन्धर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नागरिकको दैनिक जीवनस्तर वास्तविक रूपमा सुधार गर्ने दिशामा सरकार प्रतिबद्ध छ- प्रधानमन्त्री शाह
-
प्रधानमन्त्री संसदमा आउने तयारीमा हुनुहुन्छ- सभामुख अर्याल
-
लुम्बिनी प्रदेशको अर्धवार्षिक प्रतिवेदन: आर्थिक वृद्धिदर २.८७ प्रतिशत रहने अनुमान
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गोरखा मिडिया नेटवर्कको नाममा काठमाडौँ महानगरको लिलाम गर्ने १५ दिने अन्तिम सूचना
धेरै पढिएको
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।