गोरखा मिडिया नेटवर्कको नाममा काठमाडौँ महानगरको लिलाम गर्ने १५ दिने अन्तिम सूचना

२०८३ जेठ १२ मङ्गलवार
सारांश
  • गोरखा मिडिया नेटवर्क प्रालिका नाममा काठमाडौँ महानगरपालिकाले १५ दिने अन्तिम सार्वजनिक सूचना जारी गरेको छ ।

काठमाण्डौ, १२ जेठ । गोरखा मिडिया नेटवर्क प्रालिका नाममा काठमाडौँ महानगरपालिकाले १५ दिने अन्तिम सार्वजनिक सूचना जारी गरेको छ ।

 

काठमाडौँ महानगरपालिका वडा नम्बर ३ निवासी मृगेन्द्र प्रसाद मिश्रले गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बाबु राईविरुद्ध दायर गरेको ‘भाडा असुल उपर गरी घरजग्गा खाली गराइपाऊँ’ मुद्दामा न्यायिक समितिले यसअघि नै घरजग्गा खाली गराउने निर्णय गरेको थियो ।

 

काठमाडौँ महानगरपालिका न्यायिक समितिले २०८१ कात्तिक १४ गते वादीको दाबीअनुसार बहाल रकम तथा बहाल कर प्रतिवादीबाट असुल गरी घरजग्गा खाली गराउने फैसला गरेको थियो ।

 

उक्त निर्णयविरुद्ध परेको निवेदनमा उच्च अदालत पाटनले २०८२ साउन २८ गते दुई महिनाभित्र न्यायिक समितिको निर्णय कार्यान्वयन गर्न काठमाडौँ महानगरपालिकाका नाममा परमादेश जारी गरेको थियो । अदालतको आदेशपछि २०८२ कात्तिक १४ गते महानगरपालिकाको टोली खटिएर निर्णय कार्यान्वयन गरिएको जनाइएको छ ।

 

निर्णय कार्यान्वयन भएको ६ महिना पूरा भएपछि ग्यालेक्सी फोरके टेलिभिजन कार्यालयमा रहेका सामान लिलाम गरिपाऊँ भन्दै मृगेन्द्र मिश्रले गत वैशाख २१ गते निवेदन दिएका थिए । त्यसपछि महानगरपालिकाले सूचना जारी गर्दै १५ दिनभित्र घरधनीलाई बुझाउनुपर्ने बहाल रकम बुझाई ग्यालेक्सी फोरके टेलिभिजनसँग सम्बन्धित सरसामान लैजान आग्रह गरेको छ ।

 

महानगरपालिकाले तोकिएको अवधिभित्र सामान नलगिए काठमाडौँ महानगरपालिका विवाद निरूपण कार्यविधि ऐन २०७५ को दफा ७० बमोजिम सामान लिलाम गरिने चेतावनी समेत दिएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार