यस्तो छ बडा दशैँको टीकाको शुभ साइत

२१ असोज, २०८३
सारांश
  • असोज ३१ गते शनिबार फूलपाती भित्र्याउने तथा श्री तुलजाभवानी यात्रासहितका धार्मिक विधि हुनेछन् । सो दिन श्री तुलजाभवानी यात्राका लागि बिहान ७: ३० बजे र स्थिरासनका लागि बिहान १०: ३२ बजेको समय निर्धारण गरिएको छ ।

काठमाण्डौ, २१ असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस बर्षको बडादशैँसँग सम्बन्धित विभिन्न साइत तथा धार्मिक विधिको समय सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको विवरणअनुसार घटस्थापनादेखि विजयादशमी, टीका, देवी विसर्जनलगायतका प्रमुख कार्यका लागि साइत निर्धारण गरिएको छ ।

 

समितिका अनुसार असोज २५ गते शनिबार नवरात्रारम्भ तथा घटस्थापना हुनेछ । घटस्थापनाका लागि बिहान ११: ४७ बजेको समय निर्धारण गरिएको छ । यस दिनबाट बडादशैँको मुख्य धार्मिक अनुष्ठान शुरु हुनेछ । त्यसैगरी असोज २६ गते सोमबार झण्डा फेर्ने कार्यक्रम रहेको छ । यसका लागि पश्चिम मोहडा निर्धारण गरिएको छ । असोज २९ गते बुधबार श्री पचलीभैरव यात्रा हुनेछ ।

 

असोज ३१ गते शनिबार फूलपाती भित्र्याउने तथा श्री तुलजाभवानी यात्रासहितका धार्मिक विधि हुनेछन् । सो दिन श्री तुलजाभवानी यात्राका लागि बिहान ७: ३० बजे र स्थिरासनका लागि बिहान १०: ३२ बजेको समय निर्धारण गरिएको छ । त्यसपछि कार्तिक १ गते आइतबार महाअष्टमी तथा कालरात्रि मनाइनेछ । त्यसपछि कार्तिक ३ गते मङ्गलवार महानवमी तथा विजयादशमीका प्रमुख धार्मिक विधि सम्पन्न हुनेछन् ।

 

विजयादशमीका दिन देवी विसर्जन बिहान ८: ४८ बजे गर्ने साइत तोकिएको छ । त्यसपछि टीका लगाउने तथा टीका लगाइ माग्ने व्यक्ति पश्चिम फर्किने समय बिहान १०: २६ बजे निर्धारण गरिएको छ। सोही दिन श्री तुलजाभवानी यात्रा, स्थिरासन तथा खड्गयात्रासमेत हुने समितिको विवरणमा उल्लेख छ। श्री तुलजाभवानी यात्राका लागि बिहान १०: ४१ बजे र स्थिरासनका लागि दिउँसो ११" ५२ बजेको समय तोकिएको छ ।

 

समितिले कार्तिक ८ गते आइतबार अखिलबलीपूर्ति तथा कोजाग्रतपूजा हुने जनाएको छ । यससँगै २०८३ सालको बडादसैँसँग सम्बन्धित मुख्य धार्मिक विधि तथा कार्यक्रमको क्रम पूरा हुनेछ ।

 

समितिले सार्वजनिक गरेको सूचनामा सामान्यतया देवीको प्रसाद लगाउन साइतको आवश्यकता नपर्ने उल्लेख गरिएको छ । बडादशैँका विभिन्न धार्मिक तथा सांस्कृतिक विधि परम्पराअनुसार सम्पन्न गर्न सहज होस् भन्ने उद्देश्यले समितिले सम्बन्धित साइत तथा समय सार्वजनिक गरेको समितिले जानकारी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार