सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट
३० असोज, २०८३
- सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँको योजना अघि बढाएको छ ।
काठमाण्डौ, ३० असोज । सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँको योजना अघि बढाएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयले देशभरका १०९ विद्यालयलाई प्राथमिकतामा राखेर सञ्चालन गरेको योजनाअन्तर्गत पहिलो चरणमा ८९ विद्यालय छनोट गरी ५ अर्ब ३४ करोड रुपैयाँ निकासा गरेको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार पहिलो चरणमा छनोट भएका विद्यालयमा प्रतिविद्यालय करिब ६ करोड रुपैयाँ लागतमा १२ कोठे तीनतले भवन निर्माण गरिनेछ। भवनमा आधुनिक कक्षाकोठा, व्यवस्थित प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिनेछ ।
मन्त्री पोखरेलले नयाँ पूर्वाधारले विद्यार्थीको सिकाइ वातावरणलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने बताएका छन् । प्रदेशगत विवरणअनुसार मधेश प्रदेशका ३३, लुम्बिनीका २१ र कोशीका १८ विद्यालय छनोट भएका छन् । त्यस्तै, गण्डकी र सुदूरपश्चिमका ६–६, कर्णालीका तीन र बागमतीका दुई विद्यालय सूचीमा छन् ।
मधेश प्रदेशका विद्यालयमा पूर्वाधारको अभाव हटाउँदै पठनपाठनको वातावरण सुधार गर्न प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ। लुम्बिनी प्रदेशमा रुपन्देहीका आठ र दाङका छ विद्यालय छन् भने कोशी प्रदेशमा झापा र मोरङका छ–छ विद्यालय छनोट भएका छन् ।
पहिलो चरणमा छनोट भएका विद्यालयको प्रदेशगत तथा जिल्लागत सूची यसप्रकार छ ।
कोशी प्रदेशका १८ विद्यालय
१. त्रियुगा नमुना माध्यमिक विद्यालय — त्रियुगा नगरपालिका, उदयपुर
२. त्रिवेणी माध्यमिक विद्यालय — कटारी नगरपालिका, उदयपुर
३. धुलाबारी माध्यमिक विद्यालय — मेचीनगर नगरपालिका, झापा
४. हिमालय माध्यमिक विद्यालय — दमक नगरपालिका, झापा
५. देवी माध्यमिक विद्यालय — बिर्तामोड नगरपालिका, झापा
६. महेन्द्र रत्न माध्यमिक विद्यालय — बिर्तामोड नगरपालिका, झापा
७. कन्काई माध्यमिक विद्यालय — कन्काई नगरपालिका, झापा
८. मोहनमाया माध्यमिक विद्यालय — बिर्तामोड नगरपालिका, झापा
९. भानु माध्यमिक विद्यालय — फुङ्लिङ नगरपालिका, ताप्लेजुङ
१०. फिदिम माध्यमिक विद्यालय — फिदिम नगरपालिका, पाँचथर
११. साजीलाल माध्यमिक विद्यालय — सुन्दरहरैँचा नगरपालिका, मोरङ
१२. राधिका माध्यमिक विद्यालय — उर्लाबारी नगरपालिका, मोरङ
१३. पञ्चायत माध्यमिक विद्यालय — पथरीशनिश्चरे नगरपालिका, मोरङ
१४. सुकुना माध्यमिक विद्यालय — सुन्दरहरैँचा नगरपालिका, मोरङ
१५. पोखरिया माध्यमिक विद्यालय — विराटनगर महानगरपालिका, मोरङ
१७. आदर्श माध्यमिक विद्यालय — विराटनगर महानगरपालिका, मोरङ
१८. जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय — बराहक्षेत्र नगरपालिका, सुनसरी
१९. पब्लिक हाई स्कुल — धरान उपमहानगरपालिका, सुनसरी
मधेश प्रदेशका ३३ विद्यालय
१. शंकट मोचन देवशरण माध्यमिक विद्यालय — जनकपुरधाम उपमहानगरपालिका, धनुषा
२. जनता मोडेल माध्यमिक विद्यालय — विदेह नगरपालिका, धनुषा
३. विद्यानाथ देवनारायण जनता मोडेल विद्यालय — मुखियापट्टी मुसहरनिया गाउँपालिका, धनुषा
४. गोगल प्रसाद नमुना माध्यमिक विद्यालय — जनकपुरधाम उपमहानगरपालिका, धनुषा
५. याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय — जनकपुरधाम उपमहानगरपालिका, धनुषा
६. नरसिंह माध्यमिक विद्यालय — वीरगञ्ज महानगरपालिका, पर्सा
७. त्रिजुद्ध महावीर रघुवीर दास माध्यमिक विद्यालय — वीरगञ्ज महानगरपालिका, पर्सा
८. जिल्ला उचाङ्गाल रामदेव–कलवार माध्यमिक विद्यालय — पोखरिया नगरपालिका, पर्सा
९. माइस्थान विद्यापिठ माध्यमिक विद्यालय — वीरगञ्ज महानगरपालिका, पर्सा
१०. नेपाल राष्ट्रिय मोडल माध्यमिक विद्यालय — जितपुर सिमरा उपमहानगरपालिका, बारा
११. दुर्गा माध्यमिक विद्यालय — कलैया उपमहानगरपालिका, बारा
१२. गौरीशंकर माध्यमिक विद्यालय — निजगढ नगरपालिका, बारा
१३. गढीमाई महेन्द्र प्राविधिक माध्यमिक विद्यालय — महागढीमाई नगरपालिका, बारा
१४. श्री ३ चन्द्र माध्यमिक विद्यालय — कलैया उपमहानगरपालिका, बारा
१६. भेरुखी माध्यमिक विद्यालय — लोहरपट्टी नगरपालिका, महोत्तरी
१७. राष्ट्रिय माध्यमिक विद्यालय — साम्सी गाउँपालिका, महोत्तरी
१७. महेन्द्र रा माध्यमिक विद्यालय — रामगोपालपुर नगरपालिका, महोत्तरी
१८. सरस्वती माध्यमिक विद्यालय — गढीमाई नगरपालिका, रौतहट
१९. कटहरिया माध्यमिक विद्यालय — कटहरिया नगरपालिका, रौतहट
२०. जनता माध्यमिक विद्यालय सोनरनिया — मौलापुर नगरपालिका, रौतहट
२१. जुद्द माध्यमिक विद्यालय — गौर नगरपालिका, रौतहट
२२. नेमधारी बासुदेव नमुना माध्यमिक विद्यालय — राजदेवी नगरपालिका, रौतहट
२३. रामचन्द्र माध्यमिक विद्यालय — गरुडा नगरपालिका, रौतहट
२४. नमुना माध्यमिक विद्यालय वरगजवा — वृन्दावन नगरपालिका, रौतहट
२५. जनज्योति माध्यमिक विद्यालय — चन्द्रपुर नगरपालिका, रौतहट
२६. जय किसन माध्यमिक विद्यालय — देवाही गोनाही गाउँपालिका, रौतहट
२७. माध्यमिक विद्यालय पथरा बुधराम — मौलापुर नगरपालिका, रौतहट
२८. सरस्वती माध्यमिक विद्यालय — दुर्गा भगवती गाउँपालिका, रौतहट
२९. नारायण माध्यमिक विद्यालय — ईश्वरपुर नगरपालिका, सर्लाही
३०. जनज्योती माध्यमिक विद्यालय — लालबन्दी नगरपालिका, सर्लाही
३१. बेनीभोला मोडेल माध्यमिक विद्यालय — गोडैता नगरपालिका, सर्लाही
३२. मोहन माध्यमिक विद्यालय — मिर्चैया नगरपालिका, सिरहा
३३. चन्द्र माध्यमिक विद्यालय — सिरहा नगरपालिका, सिरहा
बागमती प्रदेशका २ विद्यालय
१. गान्धी माध्यमिक विद्यालय — कागेश्वरी मनोहरा नगरपालिका, काठमाडौँ
२. नारायणी नमुना माध्यमिक विद्यालय — भरतपुर महानगरपालिका, चितवन
गण्डकी प्रदेशका ६ विद्यालय
१. अमरसिंह माध्यमिक विद्यालय — पोखरा महानगरपालिका, कास्की
२. कालिका माध्यमिक विद्यालय — पोखरा महानगरपालिका, कास्की
३. छोरेपाटन माध्यमिक विद्यालय — पोखरा महानगरपालिका, कास्की
४. जनक माध्यमिक विद्यालय — गैँडाकोट नगरपालिका, नवलपरासी पूर्व
५. भीमसेन आदर्श माध्यमिक विद्यालय — देवचुली नगरपालिका, नवलपरासी पूर्व
६. सत्यवती माध्यमिक विद्यालय — व्यास नगरपालिका, तनहुँ
लुम्बिनी प्रदेशका २१ विद्यालय
१. नेपाल आदर्श माध्यमिक विद्यालय — शिवराज नगरपालिका, कपिलवस्तु
२. जनता माध्यमिक विद्यालय — बाणगङ्गा नगरपालिका, कपिलवस्तु
३. पद्मोदय पब्लिक माध्यमिक विद्यालय — घोराही उपमहानगरपालिका, दाङ
४. माध्यमिक विद्यालय रजेना — घोराही उपमहानगरपालिका, दाङ
५. माध्यमिक विद्यालय तुलसीपुर सेन्टर — तुलसीपुर उपमहानगरपालिका, दाङ
६. सिद्ध रत्न माध्यमिक विद्यालय — तुलसीपुर उपमहानगरपालिका, दाङ
७. गुरु जजुर माध्यमिक विद्यालय — तुलसीपुर उपमहानगरपालिका, दाङ
८. बाल विकास माध्यमिक विद्यालय — घोराही उपमहानगरपालिका, दाङ
९. रामतुलसी माध्यमिक विद्यालय — रामपुर नगरपालिका, पाल्पा
१०. त्रिभुवन माध्यमिक विद्यालय — कोहलपुर नगरपालिका, बाँके
११. धम्बोझी माध्यमिक विद्यालय — नेपालगञ्ज उपमहानगरपालिका, बाँके
१२. मङ्गलप्रसाद माध्यमिक विद्यालय — नेपालगञ्ज उपमहानगरपालिका, बाँके
१३. कालिका मानव ज्ञान माध्यमिक विद्यालय — बुटवल उपमहानगरपालिका, रुपन्देही
१४. नवीन औद्योगिक रिता माध्यमिक विद्यालय — बुटवल उपमहानगरपालिका, रुपन्देही
१५. शान्ति नमुना माध्यमिक विद्यालय — तिलोत्तमा नगरपालिका, रुपन्देही
१६. कान्ति भैरम माध्यमिक विद्यालय — बुटवल उपमहानगरपालिका, रुपन्देही
१७. पब्लिक माध्यमिक विद्यालय — सियारी गाउँपालिका, रुपन्देही
१८. रामापुर माध्यमिक विद्यालय — सैनामैना नगरपालिका, रुपन्देही
१९. सैनामैना माध्यमिक विद्यालय — सैनामैना नगरपालिका, रुपन्देही
२०. रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालय — सिद्धार्थनगर नगरपालिका, रुपन्देही
२१. बालकल्याण माध्यमिक विद्यालय — रोल्पा नगरपालिका, रोल्पा
कर्णाली प्रदेशका ३ विद्यालय
१. चन्दननाथ माध्यमिक विद्यालय — चन्दननाथ नगरपालिका, जुम्ला
२. अमरज्योति माध्यमिक विद्यालय — वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
३. जन माध्यमिक विद्यालय — वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
सुदूरपश्चिम प्रदेशका ६ विद्यालय
१. महेन्द्रनगर माध्यमिक विद्यालय — भीमदत्त नगरपालिका, कञ्चनपुर
२. त्रिनगर माध्यमिक विद्यालय — धनगढी उपमहानगरपालिका, कैलाली
३. दुर्गालक्ष्मी मोडेल माध्यमिक विद्यालय — गोदावरी नगरपालिका, कैलाली
४. कर्णाली माध्यमिक विद्यालय — टीकापुर नगरपालिका, कैलाली
५. महेन्द्र मोडल माध्यमिक विद्यालय — महाकाली नगरपालिका, दार्चुला
६. मालिका माध्यमिक विद्यालय — बडीमालिका नगरपालिका, बाजुरा
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’