दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन्- अमरेशकुमार सिंह
२९ असोज, २०८३
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. अमरेशकुमार सिंहले दुई तिहाइ बहुमत प्राप्त हुँदैमा सरकारले गर्ने सबै निर्णय सही नहुने बताएका छन्।
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. अमरेशकुमार सिंहले दुई तिहाइ बहुमत प्राप्त हुँदैमा सरकारले गर्ने सबै निर्णय सही नहुने बताएका छन्।
राजदूत नियुक्तिका लागि सरकारले गरेको सिफारिसमाथि संसदीय सुनुवाइ समितिले प्रश्न उठाउँदै केही नाम अस्वीकृत गरेपछि प्रतिक्रिया दिँदै सिंहले लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुने बताएका हुन् ।
उनले राजदूत नियुक्तिजस्तो संवेदनशील विषयमा संसदीय समितिले सरकारको सिफारिसमाथि प्रश्न उठाउनु र आवश्यक परे रोक लगाउनु संसदीय निगरानीको महत्त्वपूर्ण अभ्यास भएको उल्लेख गरेका छन् ।
सिंहले लोकतन्त्रमा बहुमतको शासन भए पनि बहुमतलाई जवाफदेही बनाउने व्यवस्था पनि उत्तिकै आवश्यक रहेको बताएका छन् । 'दुई तिहाइको बहुमत हुँदैमा सरकारका हरेक निर्णय सही हुन्छन् भन्ने छैन । लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुन्छ,' उनले भनेका छन् ।
संसदीय समितिको भूमिकालाई लोकतान्त्रिक व्यवस्थाको महत्त्वपूर्ण पक्षका रूपमा व्याख्या गर्दै सिंहले बहुमतको निर्णयमाथि पनि प्रश्न उठाउन र त्यसलाई जवाफदेही बनाउन सकिने व्यवस्था नै लोकतन्त्रको सुन्दरता भएको बताएका छन् । 'यही हो लोकतन्त्रको सुन्दरता, यही हो संसदीय समितिको गरिमा,' सिंहले भनेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट
-
बडादशैंको आज छैठौं दिन: कात्यायनी देवीको पूजाआराधना गरिँदै
-
विदेशी मुद्राको सटहीदर: २०८३ असोज ३० शुक्रबार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’