- कोशी प्रदेश सरकारको आयोजनामा भएको दुईदिने अन्तरप्रदेश समन्वय तथा अनुभव आदानप्रदान सम्मेलनको मंगलबार बिहान मुख्यमन्त्रीहरूले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
विराटनगर : कोशी प्रदेशको आयोजनामा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन बिराटनगरमा सुरू भएको छ ।
कोशी प्रदेश सरकारको आयोजनामा भएको दुईदिने अन्तरप्रदेश समन्वय तथा अनुभव आदानप्रदान सम्मेलनको मंगलबार बिहान मुख्यमन्त्रीहरूले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
सम्मेलनमा प्रदेशका साझा समस्या, अधिकार बाँडफाँट, आर्थिक स्रोतको वितरण, प्रशासनिक स्वायत्तता र वित्तीय संघीयताबारे तथा संविधानले दिएको अधिकार व्यवहारमा कार्यान्वयन गर्न देखिएका अवरोध हटाउने विषय पनि प्राथमिकतामा रहने बताइएको छ ।
मुख्यमन्त्रीसँगै प्रदेशका प्रमुख सचिव, नीति तथा योजना आयोगका उपाध्यक्ष र मुख्यन्यायाधिवक्ताहरू पनि सम्मेलनमा सहभागी छन्। प्रदेशबीच समन्वय बढाउने, कानुन निर्माणमा एकरूपता कायम गर्ने र सफल अभ्यास आदानप्रदान गर्ने विषयमा समेत छलफल हुनेछ ।
प्रदेशहरूले आफ्ना माग अलग-अलग रूपमा उठाउँदै आए पनि यसपटक साझा धारणा बनाएर संघीय सरकारको ध्यानाकर्षण गराउने लक्ष्य राखेका छन् । अधिकारसँगै आवश्यक बजेट, जनशक्ति र प्रशासनिक संरचना उपलब्ध गराउनुपर्ने विषय पनि उठाइनेछ ।
सम्मेलनको अन्त्यमा प्रदेशका साझा माग, प्रतिबद्धता र संघीयता प्रभावकारी बनाउने उपाय समेटिएको ‘विराटनगर घोषणापत्र’ जारी गर्ने तयारी छ ।
सम्मेलनमा मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बागमतीका किरण थापामगर, गण्डकीका सुरेन्द्रराज पाण्डे, लुम्बिनीका चेतनारायण आचार्य र कर्णालीका मंगलबहादुर शाही सहभागी छन्। सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्ट उपस्थित हुन नसकेपछि उनको स्थानमा प्रमुख सचिव सहभागी भएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा १४ को मृत्यु, १९१ जना घाइते
-
अमेरिकाले युद्धमा हस्तक्षेप गरे पीडादायी जवाफ दिने हुथी समूहको चेतावनी
-
बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४ प्रतिशत, कृषि उत्पादनमा ७.८ प्रतिशतले गिरावट
-
काठमाडौँ महानगरमा ‘पुस्तकरहित शुक्रबार’ सञ्चालन मार्गदर्शन स्वीकृत
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’