परराष्ट्रमन्त्री खनाल र अमेरिकी अधिकारीबीच छुट्टाछुट्टै भेटवार्ता
२०८३ असोज ०७ बुधवार
- परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिला उपमन्त्री एलिसन हुकरसँग भेटवार्ता गरेका छन् ।
काठमाण्डौ, ०७ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिला उपमन्त्री एलिसन हुकरसँग भेटवार्ता गरेका छन् ।
भेटमा नेपाल–अमेरिका सम्बन्ध, हालैको भोटेकोशी बाढीपछि भइरहेको राहत तथा पुनर्निर्माणका प्रयास र नेपालको पुनःस्थापनाका लागि अमेरिकाले गर्दै आएको सहयोगलाई निरन्तरता दिने विषयमा छलफल भएको थियो ।
यसैगरी अमेरिकी वाणिज्य मण्डलका प्रमुख अन्तर्राष्ट्रिय मामिला अधिकारी डा. जोसुवा वाकरले पनि मन्त्री खनालसँग भेटवार्ता गरेका छन् । भेटमा नेपालमा लगानीका अवसर, आर्थिक सहकार्य विस्तार तथा नेपाल र अमेरिकाबीच व्यावसायिक साझेदारी सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेपाल र भारतसहित ४७ देशका नागरिकलाई रुसी सेनामा प्रयोग गरिएको जेलेन्स्कीको दाबी
-
सुनचाँदीको मुल्य घट्यो
-
जुफाल विमानस्थलमा अवतरणको क्रममा सीता एयरको जहाजको पांग्रा फुस्कियो
-
‘हिमाली सुनामी’ नेपालको मात्र विपत्ति होइन, अस्तित्वकै संकट हो- परराष्ट्रमन्त्री खनाल
-
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डकी विदेशमन्त्री भाल्टोनेनबीच भेटवार्ता
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।