- आज प्रतिनिधिसभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ ।
काठमाण्डौ, ०७ असोज । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ ।
आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्र पढेर सुनाइने भएको छ ।
त्यस्तै, बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नेछन्। त्यसपछि उनले सोही विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।
त्यसैगरी, कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेपाल र भारतसहित ४७ देशका नागरिकलाई रुसी सेनामा प्रयोग गरिएको जेलेन्स्कीको दाबी
-
सुनचाँदीको मुल्य घट्यो
-
जुफाल विमानस्थलमा अवतरणको क्रममा सीता एयरको जहाजको पांग्रा फुस्कियो
-
‘हिमाली सुनामी’ नेपालको मात्र विपत्ति होइन, अस्तित्वकै संकट हो- परराष्ट्रमन्त्री खनाल
-
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डकी विदेशमन्त्री भाल्टोनेनबीच भेटवार्ता
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।