महानिरीक्षक कार्की स्वदेश फिर्ता

३१ आषाढ़, २०८३, बुधवार
सारांश
  • सम्मेलनका क्रममा प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलले संयुक्त राष्ट्रसंघ तथा विभिन्न मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।

काठमाडौँ: प्रहरी महानिरीक्षक दानबहादुर कार्की संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्युयोर्कमा आयोजित पाँचौँ संयुक्त राष्ट्रसंघ प्रहरी प्रमुख सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएका छन् ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्ले लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले प्रहरी महानिरीक्षक कार्कीलाई स्वागत गरेका थिए ।

 

सम्मेलनका क्रममा प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलले संयुक्त राष्ट्रसंघ तथा विभिन्न मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।

 

सम्मेलनमा संयुक्त राष्ट्रसंघीय प्रहरीको भविष्य, नयाँ प्रविधिको उपयोग, अन्तर्राष्ट्रिय सहकार्य सुदृढीकरण, भाषा तालिममार्फत संयुक्त राष्ट्रसंघीय शान्ति मिसनलाई थप प्रभावकारी बनाउने उपाय तथा लैङ्गिक उत्तरदायी प्रहरी प्रणालीलगायत विषयमा छलफल भएको थियो ।

 

प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल सम्मेलनमा सहभागी हुन असार २१ गते अमेरिका प्रस्थान गरेका थिए ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार