अमेरिकी हवाई आक्रमणमा ३० भन्दा बढीको मृत्यु भएको इरानको दाबी

३१ आषाढ़, २०८३, बुधवार
सारांश
  • यता, इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सले जवाफी कारबाहीस्वरूप बहराइन, कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेको दाबी गरेको छ। उसले बहराइनमा रहेको अमेरिकी पाँचौँ नौसैनिक बेडा र जोर्डनको अजराक हवाई अड्डालाई निशाना बनाइएको जनाएको छ ।

काठमाडौँ: इरानले देशको दक्षिणी क्षेत्रमा अमेरिकाले गरेको पछिल्लो हवाई आक्रमणमा ३० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको दाबी गरेको छ । इरानी सरकारकी प्रवक्ता फरिमा मोहाजेरानीले सामाजिक सञ्जालमार्फत मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै सरकारले दक्षिणी इरानका नागरिकसँग सधैं साथ रहने बताएकी छन् ।

 

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार रातभर भएको अमेरिकी हवाई आक्रमणमा २६० भन्दा बढी व्यक्ति घाइते भएका छन् । 

 

इरानी अधिकारीहरूका अनुसार पछिल्ला दिनमा अमेरिका र इरानबीच बढेको सैन्य तनावका क्रममा यो सबैभन्दा धेरै मानिस घाइते भएको आक्रमण हो ।

 

अमेरिकी केन्द्रीय सैन्य कमान्डका अनुसार मंगलबार राति करिब सात घण्टासम्म सञ्चालन गरिएको सैन्य कारबाहीमा होर्मुज जलडमरूमध्य आसपास रहेका इरानका क्षेप्यास्त्र र मानवरहित विमानका अड्डा, नौसैनिक संरचना तथा तटीय सुरक्षा प्रणालीलाई निशाना बनाइएको थियो । अमेरिकाले लगातार चौथो दिन इरानमाथि हवाई आक्रमण गरेको हो ।

 

यता, इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सले जवाफी कारबाहीस्वरूप बहराइन, कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेको दाबी गरेको छ। उसले बहराइनमा रहेको अमेरिकी पाँचौँ नौसैनिक बेडा र जोर्डनको अजराक हवाई अड्डालाई निशाना बनाइएको जनाएको छ ।

 

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौताका लागि अघि नआए आगामी सातादेखि विद्युत् केन्द्र र पुलजस्ता पूर्वाधारलाई समेत निशाना बनाइने चेतावनी दिएका छन् । इरानले भने अमेरिकी दबाबमा नझुक्ने र होर्मुज जलडमरूमध्यसम्बन्धी आफ्नो रणनीति यथावत् राख्ने स्पष्ट पारेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार