नेप्से १४ अंकले बढ्यो, ४ अर्ब १७ करोडको कारोबार

३१ आषाढ़, २०८३, बुधवार
सारांश
  • आज, सबैभन्दा बढी एनएमबी डिभेन्चर ८९/९० को शेयर ९.२० प्रतिशतले बढेको छ भने नारायणी विकास बैंकको शेयर ८.४० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी उपकार लघुवित्तको शेयर ७.३२ प्रतिशतले घटेको छ ।

काठमाडौँ: नेप्सेमा आज दोहोरो अंकको वृद्धि भएको छ । आज बुधबार नेप्से १४ अंकले बढेर २५९०.२९ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३६२ कम्पनिका ८४ लाख ७३ हजार १६ कित्ता शेयर ४ अर्ब १७ करोड ३ लाख ९८ हजार ४९ मा कारोबार भएको थियो । आज लगानी बाहेक सबै क्षेत्रका शेयर मुल्य बढेको छ ।

 

आज, सबैभन्दा बढी एनएमबी डिभेन्चर ८९/९० को शेयर ९.२० प्रतिशतले बढेको छ भने नारायणी विकास बैंकको शेयर ८.४० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी उपकार लघुवित्तको शेयर ७.३२ प्रतिशतले घटेको छ ।  

 

त्यस्तै आज सबै भन्दा बढी हिमालयन बैंक डिभेन्चर ८३ को ४४ करोड १० लाख बराबरको कारोबार भएको छ भने आरबिबिएल डिभेन्चर २०८८ को ३३ करोड २० लाख बराबरको कारोबार भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार