काँग्रेसको ५ लाख ३८ हजार क्रियाशील सदस्यता अद्यावधिक

२०८३ जेठ २९ शुक्रवार
सारांश
  • पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सञ्चालन गरिएको अभियानमा देशभरका क्रियाशील सदस्यहरूको उत्साहजनक सहभागिता रहेको कांग्रेसले जनाएको छ ।

काठमाण्डौ, २९ जेठ । नेपाली कांग्रेसले सञ्चालन गरेको क्रियाशील सदस्यता अद्यावधिक अभियानमा हालसम्म ५ लाख ३८ हजार ६२२ सदस्यले सदस्यता अद्यावधिक गरिसकेका छन् ।

 

पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सञ्चालन गरिएको अभियानमा देशभरका क्रियाशील सदस्यहरूको उत्साहजनक सहभागिता रहेको कांग्रेसले जनाएको छ ।

 

कांग्रेसका अनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये बिहीबार राति १२ बजेसम्म ५ लाख ३८ हजार ६२२ जनाले वडा सभापतिमार्फत आफ्नो सदस्यता नम्बर प्राप्त गरिसकेका छन् ।

 

यस्तै, १ लाख ४९ हजार ३०९ जनाले स्वयं अद्यावधिक फाराम पेश गरी वडा सभापतिमार्फत अद्यावधिक प्रक्रियामा सहभागी भएका छन् ।

 

कांग्रेसले इन्टरनेट पहुँचभन्दा बाहिर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्ला, दुर्गम पहाडी भूभाग, बारा र खोटाङ जिल्ला तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा जारी अद्यावधिक कार्यलाई थप व्यवस्थित गरिने जनाएको छ ।

 

पार्टीले नयाँ क्रियाशील सदस्यता वितरण कार्य अर्को सूचना जारी नभएसम्म खुला रहने पनि स्पष्ट पारेको छ ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार