परराष्ट्रमन्त्री खनालले भारतमा सीमाको विषय नउठाएको खुश्बु ओलीको आरोप
२०८३ जेठ २९ शुक्रवार
- पछिल्ला ७-८ बर्षमा पहिलो पटक एक शब्द पनि उल्लेख नगरिएको उल्लेख गर्दै मन्त्री खनालले भारत भ्रमणमा सीमा बारे नबोलेको आरोप लगाएकी हुन् ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणमा नेपाल–भारत सीमा विवादको विषय औपचारिक रुपमा कहिँ नउठाएको आरोप लगाएकी छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले नेपालले निकालेको प्रेस नोटमा सीमा विवादबारे पछिल्ला ७-८ बर्षमा पहिलो पटक एक शब्द पनि उल्लेख नगरिएको उल्लेख गर्दै मन्त्री खनालले भारत भ्रमणमा सीमा बारे नबोलेको आरोप लगाएकी हुन् ।
उनले भ्रमण सकिएपछि दिल्लीमा परराष्ट्रमन्त्री खनालले बन्द कोठामा केहि कुरा उठाएको र काठमाडौं फर्किएपछि एउटा प्रेस नोट दिएको भए पनि त्यसमा पनि सीमाको विषयमा एक शब्द पनि उल्लेख नगरेको बताएकी छन् ।
त्यस्तै उनले परराष्ट्रमन्त्री खनालले संसदमा दिएको सीमा बारेको अभिव्यक्ति अस्वीकार गर्ने बताउदै परराष्ट्रमन्त्रीले सीमा व्यवस्थापनको मात्र कुरा गरेको तर नेपाली नक्शाको विषय फरक विषय भएको बताएकी छन् । उनले संसदमा पनि सीमा व्यवस्थापन र सीमा विवाद के हो भन्ने कुरा अध्ययन गर्न र बुझ्न जरुरी रहेको बताउदै अब चीन भ्रमणमा सीमाको विषय उठाउन आग्रह गरेकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ गते चीन भ्रमणमा जादै
-
सदाचार नीति लागु गर्न अमरेशको सरकारलाई सुझाव
-
परराष्ट्रमन्त्री खनालले भारतमा सीमाको विषय नउठाएको खुश्बु ओलीको आरोप
-
अर्थमन्त्री डा. वाग्लेले प्रश्न सोध्ने विपक्षी सांसदहरुलाई धम्की दिएको बर्षामान पुनको आरोप
-
फ्लाई दुबईको पोखरा- दुबईको टिकट बुकिंङ खुला, कति छ भाडा ?
धेरै पढिएको
-
एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ
-
मेसीदेखि रोनाल्डोसम्म अन्तिम पटक विश्वकप खेल्दै यी खेलाडी
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।