प्रधानमन्त्री संसदमा आउने तयारीमा हुनुहुन्छ- सभामुख अर्याल

२०८३ जेठ १२ मङ्गलवार
सारांश
  • सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह संसद् बैठकमा उपस्थित हुने जानकारी गराउँदै विपक्षी दलहरूलाई बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका छन् ।

काठमाण्डौ, १२ जेठ । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह संसद् बैठकमा उपस्थित हुने जानकारी गराउँदै विपक्षी दलहरूलाई बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका छन् ।

 

मंगलबारको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले विरोध जारी राखेपछि सभामुख अर्यालले प्रधानमन्त्री सदनमा आउने तयारीमा रहेको र संसद्मा उठेका विषयबारे जानकार रहेको बताएका हुन् ।

 

उनले भने-' ‘सरकार र प्रधानमन्त्रीसँग मेरो छलफल भइरहेको छ, प्रधानमन्त्री सदनमा आउने तयारीमा हुनुहुन्छ, सदनमा छलफल भएको विषयमा प्रधानमन्त्री जानकार हुनुहन्छ ।'

 

सभामुखको आग्रहपछि पनि नेपाली कांग्रेससहितका विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विरोध जारी राखेका थिए ।

 

विपक्षी दलहरूले सरकार प्रतिपक्षको आवाज दबाउन खोजेको आरोप लगाउँदै प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर जनताको आवाज सुन्न आग्रह गरेका छन् ।

 

पहिलो बैठक १५ मिनेटका लागि स्थगित भए पछि शुरु भएको दोस्रो बैठकमा पनि विपक्षी दलहरुले विरोध गरिरहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार