दुर्गा प्रसाईं पक्राउ बारे २४ घण्टाभित्र जवाफ दिन सर्वोच्चको आदेश

६ जेठ, २०८३, बुधवार
सारांश
  • न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित लिखित जवाफ लिएर महान्यायाधिवक्ता कार्यालयमार्फत उपस्थित हुन आदेश दिएको हो । प्रसाईंको हकमा अधिवक्ता आशिष लुइँटेलले बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।

काठमाडौँ: सर्वोच्च अदालतले दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण निवेदनमा २४ घण्टाभित्र जवाफ दिन आदेश गरेको छ । 

 

न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित लिखित जवाफ लिएर महान्यायाधिवक्ता कार्यालयमार्फत उपस्थित हुन आदेश दिएको हो । प्रसाईंको हकमा अधिवक्ता आशिष लुइँटेलले बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । 

 

सोमबार राति वीरगन्जबाट पक्राउ परेका प्रसाईलाई प्रहरीले विद्युतीय ( इलेक्ट्रोनिक ) कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरेर अदालतबाट तीन दिनको म्याद थपेको थियो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार