- आज प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको २१औँ बैठक शुक्रबार बिहान १० बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने भएको छ ।
काठमाण्डौ, ०४ मङ्सिर । संघीय संसदको प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समिति र राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।
आज प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको २१औँ बैठक शुक्रबार बिहान १० बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने भएको छ ।
बैठकमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८३ का दफामाथि संशोधनकर्ता सदस्यसहित दफावार छलफल हुने कार्यसूची रहेको छ ।
त्यस्तै, राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको ३५२औँ बैठक पनि आज दिउँसो १२: १५ बजे सिंहदरबारमा बस्नेछ ।
उक्त बैठकमा समितिको स्थलगत अनुगमनको समीक्षा गर्ने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।