त्रिखण्डेश्वर मेला लक्षित गर्दै काठमाडौं जाने सवारीलाई कान्तिलोकपथ प्रयोग गर्न आग्रह
४ मार्ग, २०८३
- मकवानपुर प्रशासनले हरिबोधनी एकादशीका अवसरमा हुने त्रिखण्डेश्वर महादेव मन्दिरको मेला लक्षित गर्दै काठमाडौं जाने यात्रुवाहक सवारीसाधनलाई कान्तिलोकपथ प्रयोग गर्न आग्रह गरेको छ ।
हेटौंडा, ०४ मङ्सिर । मकवानपुर प्रशासनले हरिबोधनी एकादशीका अवसरमा हुने त्रिखण्डेश्वर महादेव मन्दिरको मेला लक्षित गर्दै काठमाडौं जाने यात्रुवाहक सवारीसाधनलाई कान्तिलोकपथ प्रयोग गर्न आग्रह गरेको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–१, त्रिखण्डीस्थित प्रसिद्ध त्रिखण्डेश्वर महादेव मन्दिर परिसरमा मंसिर ४ गते शुक्रबार हरिबोधनी एकादशीको मेला लाग्ने भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले यस्तो अनुरोध गरेको हो ।
मेलामा ठूलो संख्यामा श्रद्धालु भक्तजनको भीडभाड हुने र हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जाने सडक खण्ड साँघुरो तथा भिरालो भएकाले सवारी आवागमनमा कठिनाइ हुन सक्ने प्रशासनले जनाएको छ ।
यात्रुवाहक सवारीसाधनको आवागमन सहज, सुरक्षित र व्यवस्थित बनाउन शुक्रबार उक्त सडक खण्ड हुँदै काठमाडौं जाने सवारीसाधनले कान्तिलोकपथ सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलद्वारा जारी सूचनामा यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गरी आवागमन व्यवस्थापनमा सहयोग गर्न आग्रह गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।