गुल्मीमा रातिमा अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक
९ असोज, २०८३, शुक्रवार
- मौसममा आएको परिवर्तनसँगै वर्षा भइरहेको र आगामी केही दिनसम्म मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित भारी वर्षा हुने सम्भावना रहेकाले गुल्मीमा रातिको समयमा अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
गुल्मी । मौसममा आएको परिवर्तनसँगै वर्षा भइरहेको र आगामी केही दिनसम्म मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित भारी वर्षा हुने सम्भावना रहेकाले गुल्मीमा रातिको समयमा अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज असोज ९ गतेदेखि असोज १२ गतेसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक कामबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।
भारी वर्षाका कारण बाढी तथा पहिरोले सडकखण्ड अवरुद्ध हुन सक्ने र मानवीय क्षति हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
साथै, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन प्रशासनले जिल्लावासीलाई अनुरोध गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।