कुलेखानी ड्यामको पानी सुरक्षित तहमा, भ्रामक सूचना नफैलाउन आग्रह

९ असोज, २०८३, शुक्रवार
सारांश
  • लगातारको वर्षाका कारण कुलेखानी ड्यामको पानीको सतह केही बढ्न सक्ने भन्दै इन्द्रसरोवर गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण कुलेखानी केन्द्रले सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका छन् ।

मकवानपुर ; लगातारको वर्षाका कारण कुलेखानी ड्यामको पानीको सतह केही बढ्न सक्ने भन्दै इन्द्रसरोवर गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण कुलेखानी केन्द्रले सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका छन् ।

 

असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमानअनुसार विगत केही दिनदेखि लगातार वर्षा भइरहेको गाउँपालिकाले जनाएको छ ।

 

आज अपराह्न ४ बजेसम्मको तथ्यांकअनुसार कुलेखानी ड्यामको पानीको सतह १ हजार ५२३ दशमलव ३४ रहेको र सुरक्षाका दृष्टिले यो उपयुक्त तहमा रहेको गाउँपालिकाले स्पष्ट पारेको छ । गाउँपालिकाका अनुसार वडा नम्बर २ र ३ का खोलाकिनारमा रहेका घर, टहरा तथा व्यापार–व्यवसायलाई सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा सार्न सूचना जारी गरिएको छ ।

 

यसैबीच केही व्यक्ति तथा अनलाइन समाचार र सामाजिक सञ्जालमार्फत ड्याम फुट्न सक्ने, पानीको सतह खतराको तहमा पुगेको तथा ड्याम फुटिसकेको जस्ता भ्रामक र तथ्यहीन सूचना फैलाइएको गाउँपालिकाले जनाएको छ ।

 

यस्ता सूचनाले समुदायमा भय र त्रास सिर्जना गर्ने भएकाले भ्रामक तथा आधारहीन सूचनाको पछि नलागी सम्बन्धित निकायबाट जारी हुने आधिकारिक र तथ्यपूर्ण सूचनालाई मात्र आधार मान्न गाउँपालिकाले सर्वसाधारणमा आग्रह गरेको छ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार