ढल्केबरमा ब्रिकेट उद्योगमा आगलागी, तीन कामदार गम्भीर घाइते

२०८३ श्रावण ०७ विहिवार
सारांश
  • धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरस्थित एक उद्योगमा ग्यास चुहिएर आगलागी हुँदा तीन जना कामदार गम्भीर घाइते भएका छन् ।

जनकपुरधाम, ०७ श्रावण । धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरस्थित एक उद्योगमा ग्यास चुहिएर आगलागी हुँदा तीन जना कामदार गम्भीर घाइते भएका छन् ।

 

प्रहरीका अनुसार बिहीबार बिहान राजेश अग्रवालले सञ्चालन गरेको ग्रिन बायो फ्युल उद्योग प्रालि (ब्रिकेट उत्पादन गर्ने उद्योग) परिसरभित्र कामदार बस्ने कोठामा खाना पकाउने क्रममा ग्यास चुहिएपछि अचानक आगलागी भएको हो ।

 

आगलागीमा बाराको प्रसौनी गाउँपालिका–४ खुट्वा प्रसौनीका २३ वर्षीय सोमराती अन्सारी, २२ वर्षीय अब्दुल अन्सारी र २५ वर्षीय धर्मराज महत्तो गम्भीर घाइते भएका छन्। उनीहरूको शरीरका विभिन्न भाग जलेको प्रहरीले जनाएको छ ।घाइते तीनै जनाको प्रारम्भिक उपचार जनकपुरस्थित प्रादेशिक अस्पतालमा गरिएको थियो । थप उपचारका लागि उनीहरूलाई कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको छ ।

 

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केबरबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।

घटनाको कारण तथा क्षतिको विवरण खुल्न बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार