देशको समृद्धिका लागि दक्ष, नैतिक र जिम्मेवार जनशक्ति उत्पादनमा प्रधानमन्त्री कार्कीको जोड
८ फाल्गुन, २०८२, शुक्रवार
- पोखरामा आयोजित समारोहमा उनले दीक्षित विद्यार्थीहरूलाई बधाई दिँदै उच्च शिक्षा केवल प्रमाणपत्रमा सीमित नरही राष्ट्र निर्माणको आधार बन्नुपर्ने बताइन् । उनले प्राप्त गरेको उपाधि जीवनको नयाँ यात्राको प्रारम्भ भएको उल्लेख गर्दै ज्ञान, सीप र सकारात्मक सोचलाई समाज र राष्ट्रको हितमा प्रयोग गर्न आग्रह गरिन्।
पोखरा: पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले देशको विकास र समृद्धिका लागि दक्ष, नैतिक र जिम्मेवार जनशक्ति उत्पादनमा जोड दिएकी छन् ।
पोखरामा आयोजित समारोहमा उनले दीक्षित विद्यार्थीहरूलाई बधाई दिँदै उच्च शिक्षा केवल प्रमाणपत्रमा सीमित नरही राष्ट्र निर्माणको आधार बन्नुपर्ने बताइन् । उनले प्राप्त गरेको उपाधि जीवनको नयाँ यात्राको प्रारम्भ भएको उल्लेख गर्दै ज्ञान, सीप र सकारात्मक सोचलाई समाज र राष्ट्रको हितमा प्रयोग गर्न आग्रह गरिन्।
प्रधानमन्त्री कार्कीले युवाहरू नै भावी नीति-निर्माता, प्रशासक र समाज रूपान्तरणका संवाहक भएको उल्लेख गर्दै जटिल राष्ट्रिय समस्याको समाधान खोज्न सक्षम नेतृत्व विकास आवश्यक रहेको बताइन् । भदौ २३ र २४ गते जेन्जी युवाले उठाएका सवालहरूलाई स्मरण गर्दै उनले आत्ममूल्यांकन र जिम्मेवारीबोधका साथ अघि बढ्नुपर्ने धारणा राखिन् ।
विश्वव्यापी प्रतिस्पर्धा र तीव्र गतिमा परिवर्तन भइरहेका प्रविधिको सन्दर्भमा उनले नवप्रवर्तन, उद्यमशीलता र अनुसन्धानमा आधारित शिक्षामा जोड दिनुपर्ने बताइन् । विश्वविद्यालयले प्रदान गर्ने शिक्षा समकालीन समाजको आवश्यकता, रोजगारी सिर्जना र आर्थिक सुदृढीकरणसँग प्रत्यक्ष रूपमा जोडिनुपर्ने उनको भनाइ थियो ।
उनले उच्च शिक्षा सम्पन्न गरेपछि ठूलो संख्यामा युवाहरू विदेश पलायन हुनु चिन्ताको विषय भएको उल्लेख गर्दै स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण निर्माणमा विश्वविद्यालय, सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताइन् । पाठ्यक्रम र पठन पद्धतिलाई समयसापेक्ष र व्यावहारिक बनाउनुपर्नेमा उनले जोड दिइन् ।
प्रधानमन्त्री कार्कीले अनुशासन, परिश्रम र मानवीय मूल्यहरू दीर्घकालीन सफलताको आधार भएको उल्लेख गर्दै विश्वविद्यालयलाई पूर्वाधार विकास, अनुसन्धान प्रवर्द्धन तथा विद्यार्थीलाई व्यावहारिक अनुभव उपलब्ध गराउनेतर्फ ध्यान दिन आग्रह गरिन् ।
समारोहको अन्त्यमा उनले लोकतन्त्र सुदृढीकरण, सुशासन प्रवर्द्धन र भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका लागि निकट भविष्यमा हुने निर्वाचनमा सक्रिय र जिम्मेवार सहभागिताका लागि सबैलाई आह्वान गरेकी थिइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।