- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीभन्दा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न सजिलो रहेको बताएका छन् ।
काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीभन्दा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न सजिलो रहेको बताएका छन् ।
उनले रुस–युक्रेन युद्ध धेरैअघि नै अन्त्य भइसक्नुपर्ने भन्दै जेलिन्स्कीको आलोचना गरेका छन् । एक अन्तर्वार्तामा ट्रम्पले जेलिन्स्कीले सम्झौताका लागि तयार रहेको बताए पनि निर्णय गर्ने बेला पछि हट्ने गरेको आरोप लगाए । उनले रुस र युक्रेन दुवैले युद्ध रोक्ने विषयमा गम्भीरतापूर्वक सोच्नुपर्ने बताएका छन् ।
ट्रम्पले युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमा गरिरहेका आक्रमणप्रति पनि असन्तुष्टि जनाएका छन् । विश्वका विभिन्न क्षेत्रमा डिजेलको अभाव भइरहेका बेला यस्ता आक्रमणले थप चिन्ता बढाउन सक्ने उनको भनाइ छ ।
उनले पूर्वअमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले युक्रेनलाई अर्बौँ डलरको आर्थिक तथा सैन्य सहायता उपलब्ध गराए पनि युद्ध अन्त्य हुन नसकेको टिप्पणी गरे । ट्रम्पले युक्रेनले अन्ततः कुनै न कुनै सम्झौतामा पुग्नुपर्ने बताएका छन् ।
युद्धको पृष्ठभूमिबारे चर्चा गर्दै ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामाको कार्यकालमा क्रिमियामाथि युक्रेनको नियन्त्रण गुमेको प्रसङ्ग पनि उठाएका छन् । रुसले सन् २०१४ मा क्रिमिया कब्जा गरेको थियो। युक्रेन र अधिकांश अन्तर्राष्ट्रिय समुदायले क्रिमियालाई युक्रेनकै भूभाग मान्दै आएका छन् ।
ट्रम्पले युद्धका क्रममा रुस र युक्रेन दुवैले ठूलो मानवीय क्षति बेहोरेको उल्लेख गर्दै युद्ध छिट्टै अन्त्य हुने आशा व्यक्त गरेका छन् । यद्यपि, शान्ति सम्झौताका लागि दुवै पक्ष कुन सर्तमा सहमत हुन सक्छन् भन्नेबारे उनले स्पष्ट पारेका छैनन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’