जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता

३० असोज, २०८३
सारांश
  • जापानको मौसम विज्ञान निकायले ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी जारी गरेपछि देशभर त्रास फैलिएको छ ।

काठमाडौँ : जापानको मौसम विज्ञान निकायले ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी जारी गरेपछि देशभर त्रास फैलिएको छ ।

 

होक्काइदोदेखि तोकाई क्षेत्रसम्म शक्तिशाली भूकम्पको धक्का महसुस हुन सक्ने चेतावनी दिइएको थियो । तर, करिब १२ मिनेटपछि उक्त चेतावनी फिर्ता लिइएको छ ।

 

जापानको मौसम विज्ञान निकायले भूकम्पको तीव्रता आवश्यकताभन्दा बढी अनुमान गर्दा गलत चेतावनी जारी भएको स्वीकार गर्दै माफी मागेको छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

 

जापानको भूकम्प पूर्वचेतावनी प्रणालीले जमिनमा जडित संवेदकबाट प्राप्त प्रारम्भिक तथ्याङ्कका आधारमा भूकम्पको तीव्रता र सम्भावित प्रभावको अनुमान गर्छ । प्रारम्भिक तथ्याङ्क अपूर्ण हुँदा अनुमान गलत हुन सक्ने भए पनि यसपटकको त्रुटिलाई गम्भीर मानिएको छ । अहिलेसम्म ९.९ म्याग्निच्युडको भूकम्प अभिलेख गरिएको छैन ।

 

प्रारम्भिक तथ्याङ्क अपूर्ण हुनु, भूकम्प निगरानी केन्द्रबाट टाढा उत्पन्न हुनु वा एकै समयमा आसपासका क्षेत्रमा धेरै भूकम्प आउनुले अनुमानमा असर पार्न सक्छ । तर, यस घटनामा संवेदक वा सफ्टवेयरमा समस्या आएको पुष्टि भएको छैन ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार