ककरोच जनता पार्टीले विश्वविद्यालय परिसरमा शिक्षामन्त्रीको राजीनामा माग्दै प्रदर्शन गर्ने
२७ जेठ, २०८३, बुधवार
- समूहका संस्थापक अभिजित दिपकेले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै प्रदर्शनको जानकारी दिएका हुन् । उनले वातावरण अभियन्ता सोनाम वांगचुक पनि उक्त कार्यक्रममा सहभागी हुने बताएका छन् ।
काठमाडौँ: भारतको ककरोच जनता पार्टीले केन्द्रीय शिक्षामन्त्रीको राजीनामा माग्दै अर्को चरणको प्रदर्शनको घोषणा गरेको छ । समूहले जुन ११ मा पुणे विश्वविद्यालय परिसरमा साँझ ४ बजेदेखि प्रदर्शन गर्ने जनाएको छ ।
यसअघि नै शिक्षामन्त्रीको राजीनामा माग गर्दै केन्द्र सरकारलाई एक साताको अल्टिमेटम दिएको उक्त समूहले अब आन्दोलनलाई विश्वविद्यालय परिसरमा विस्तार गर्ने तयारी गरेको हो ।
समूहका संस्थापक अभिजित दिपकेले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै प्रदर्शनको जानकारी दिएका हुन् । उनले वातावरण अभियन्ता सोनाम वांगचुक पनि उक्त कार्यक्रममा सहभागी हुने बताएका छन् ।
आगामी प्रदर्शनका लागि संस्थापक दीपकेले आफ्नो गृह राज्य महाराष्ट्रलाई रोजेका छन् । ३० वर्षीय दीपके महाराष्ट्रको छत्रपति सम्भाजीनगर क्षेत्रका बासिन्दा हुन् । उनी पछिल्ला करिब दुई वर्षदेखि अमेरिकामा बस्दै आएका थिए र गत शनिबार पहिलो प्रदर्शनमा सहभागी हुन भारत फर्किएका थिए ।
यसअघि नयाँदिल्लीस्थित जन्तर मन्तरमा सामाजिक सञ्जालमार्फत गरिएको आह्वानपछि सयौँ व्यक्ति प्रदर्शनमा सहभागी भएका थिए । यद्यपि, समूहका सामाजिक सञ्जालमा रहेका दुई करोडभन्दा बढी अनुयायीको सङ्ख्याको तुलनामा प्रत्यक्ष सहभागिता निकै कम देखिएको थियो ।
ककरोच जनता पार्टीले शिक्षासम्बन्धी विभिन्न विषय उठाउँदै शिक्षामन्त्रीको राजीनामा माग गरिरहेको छ भने आगामी प्रदर्शनमा विद्यार्थी तथा नागरिकको सहभागिता बढाउने प्रयास गरिरहेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ गते चीन भ्रमणमा जादै
-
सदाचार नीति लागु गर्न अमरेशको सरकारलाई सुझाव
-
परराष्ट्रमन्त्री खनालले भारतमा सीमाको विषय नउठाएको खुश्बु ओलीको आरोप
-
अर्थमन्त्री डा. वाग्लेले प्रश्न सोध्ने विपक्षी सांसदहरुलाई धम्की दिएको बर्षामान पुनको आरोप
-
फ्लाई दुबईको पोखरा- दुबईको टिकट बुकिंङ खुला, कति छ भाडा ?
धेरै पढिएको
-
एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ
-
मेसीदेखि रोनाल्डोसम्म अन्तिम पटक विश्वकप खेल्दै यी खेलाडी
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।