होटल तथा पर्यटन व्यवसाय २४सै घण्टा सञ्चालन गर्न दिन माग

२ मार्ग, २०८३
सारांश
  • जिल्ला होटल व्यवसायी संघ काठमाडौंले होटल तथा पर्यटन व्यवसाय गर्न पाउने व्यवस्था मिलाइदिन स्थानीय प्रशासनसँग माग गरेको छ।

काठमाडौँ: जिल्ला होटल व्यवसायी संघ काठमाडौंले होटल तथा पर्यटन व्यवसाय  गर्न पाउने व्यवस्था मिलाइदिन स्थानीय प्रशासनसँग माग गरेको छ।

 

संघका अध्यक्ष सुरेश बराल नेतृत्वको टोलीले बुधबार प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई ज्ञापनपत्र बुझाएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र लामो दूरीका यातायात साधन २४सै घण्टा चल्ने भए पनि राति ११ बजेपछि होटल बन्द हुँदा रातिमा आइपुग्ने पर्यटकलाई आवास र खानपानको सेवा दिन कठिनाइ भएको व्यवसायीको भनाइ छ। 

 

विशेषगरी भारतका विभिन्न सहरबाट आफ्नै सवारीसाधनमा आउने पर्यटक प्रायः रातिको समयमा काठमाडौं पुग्ने गरेका छन्। २४सै घण्टा सञ्चालनबाट पर्यटकले सहज सेवा पाउनुका साथै रोजगारी सिर्जना, व्यवसाय विस्तार र राजस्व वृद्धिमा समेत सहयोग पुग्ने संघको तर्क छ।

 

प्रचलित कानुन, शान्ति सुरक्षा र आवश्यक२४सै घण्टा सञ्चालन मापदण्डको पूर्ण पालना गर्ने प्रतिबद्धतासहित दर्ता भई सञ्चालनमा रहेका व्यवसायलाई यस्तो अनुमति दिन संघले अनुरोध गरेको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार