- सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने भएको छ ।
काठमाडौँ : सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने भएको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले यसका लागि ६७ करोड ५० लाख रुपैयाँ बराबरको बजेटमा धान खरिद गर्ने योजना बनाएको हो ।
मन्त्रालयले वैज्ञानिक विधिबाट निर्धारण गरिएको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरिद गर्ने तयारी गरेको जनाएको छ। धान खरिद गर्ने जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत पर्ने भएकाले कृषि मन्त्री गीता चौधरीले सम्बन्धित मन्त्रालयसँग समन्वय गरी प्रक्रिया अघि बढाउन आग्रह गरेकी छन् ।
आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल मोटा धानको ३ हजार ६६० रुपैयाँ र मध्यम धानको ३ हजार ८६० रुपैयाँ निर्धारण गरिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दसैँ र तिहारको बीचमा धान खरिद प्रक्रिया सुरु गर्ने योजना बनाएको छ। सरकारले तोकेको मूल्यमा धान खरिद गर्दा किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने र बजारमा मूल्यसम्बन्धी अनिश्चितता घट्ने अपेक्षा गरिएको छ ।
सरकारको यो योजनाले किसानलाई उत्पादन बिक्री गर्न सहज बनाउने तथा धानको बजार व्यवस्थापनमा सहयोग पुग्ने मन्त्रालयको विश्वास छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा १४ को मृत्यु, १९१ जना घाइते
-
अमेरिकाले युद्धमा हस्तक्षेप गरे पीडादायी जवाफ दिने हुथी समूहको चेतावनी
-
बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४ प्रतिशत, कृषि उत्पादनमा ७.८ प्रतिशतले गिरावट
-
काठमाडौँ महानगरमा ‘पुस्तकरहित शुक्रबार’ सञ्चालन मार्गदर्शन स्वीकृत
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’