नेप्से ३४.६३ अंक घट्यो, ४ अर्ब २६ करोडको कारोबार

२१ बैसाख, २०८३, सोमवार
सारांश
  • आज ३४१ कम्पनिका एक करोड ७४ हजार ५२४ कित्ता शेयर ४ अर्ब २६ करोड ५३ लाख ९० हजार २०४ मा कारोबार भएको थियो ।  आज माइक्रो फाइनान्स बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

काठमाडौँ: नेप्सेमा निरन्तर गिरावट आएको छ । आज सोमबार नेप्से ३४.६३ अंकले घटेर २७०४.०८  विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३४१ कम्पनिका एक करोड ७४ हजार ५२४ कित्ता शेयर ४ अर्ब २६ करोड ५३ लाख ९० हजार २०४ मा कारोबार भएको थियो ।  आज माइक्रो फाइनान्स बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

 

आज, सबैभन्दा बढी फरवार्ड माइक्रो फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ भने झापा इनर्जीको शेयर ७.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कर्पोरेट विकास बैंकको शेयर १२.५८ प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक़चर एंड डेभलपमेन्ट लिमिटेडको ३१ करोड ३६ लाख र रिलायन्स मिल्सको १७ करोड ९९ लाख बराबरको कारोबार भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार