कस्तो छ रासायनिक मलको मौज्जत अवस्था ?

२०८३ जेठ २६ मङ्गलवार
सारांश
  • सरकारले चालु आर्थिक वर्षका लागि कुल ६ लाख मेट्रिक टन रासायनिक मल आपूर्ति गर्ने वार्षिक लक्ष्य राखेकोमा हालसम्म ४ लाख ९१ हजार ३ सय मेट्रिक टनको टेण्डर भइसकेको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ: कृषि वन तथा पर्यावरण मन्त्रालयले रासायनिक मलको आपूर्ति, मौज्दात र बिक्रीको विस्तृत विवरण सार्वजनिक गरेको छ ।

 

सरकारले चालु आर्थिक वर्षका लागि कुल ६ लाख मेट्रिक टन रासायनिक मल आपूर्ति गर्ने वार्षिक लक्ष्य राखेकोमा हालसम्म ४ लाख ९१ हजार ३ सय मेट्रिक टनको टेण्डर भइसकेको मन्त्रालयले जनाएको छ । 

 

यस कार्यक्रमका लागि कुल २८ अर्ब ८२ करोड १४ लाख बजेट विनियोजन गरिएको छ ।  मन्त्रालयको तथ्याङ्क अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडमार्फत देशभर मलको वितरण र व्यवस्थापन भइरहेको छ ।  

 

आर्थिक बर्ष २०८१/८२ को ४ लाख ६५ हजार मेट्रिक टन मल मौज्जात रहेकोमा हाल एक लाख ४० हजार ८४१ मेट्रिक टन मल मौज्जत रहेको मन्त्रालयले जानकारी दिएको छ ।  जस अनुसार ८० हजार ९०० मेट्रिक टन युरिया, ४० हजार ७६० मेट्रिक टन डिएपी र १९ हजार १८० पोटास हाल कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङमा मौज्जत रहेको छ ।

 

 मन्त्रालयका अनुसार वाह्य मुलुकबाट नेपालतर्फ आउँदै गरेको मलको परिमाण ३ हजार ३३५ मेट्रिक टन रहेको छ । यसमा ४८८.६५ मेट्रिक टन युरिया र २ हजार ८४६.४ मेट्रिक टन डीएपी मल रहेको छ, जुन कृषि सामग्री कम्पनी लिमिटेडमार्फत आपूर्ति भइरहेको छ । 

 

कृषि मन्त्रालयले समयमै बजेट व्यवस्थापन र टेण्डर प्रक्रिया अघि बढाइएकाले विगतका वर्षहरूको तुलनामा यस वर्ष मलको आपूर्ति र वितरण प्रणाली निकै सुदृढ हुने दाबि गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार