एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने

२१ कार्तिक, २०८३
सारांश
  • जारी प्रतियोगितामा लुम्बिनी लायन्स अपराजित रहेको छ । लुम्बिनीले ४ खेलमा ३ जित र एक खेल रद्ध हुदा ७ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै काठमाडौँ गोर्खाजले ३ खेलमा २ जित र एक हार बेहोरेको छ ।

काठमाण्डौ, २१ कार्त्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज साँझ ५ बजे हुने खेलमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स आमने सामने हुँदैछन् ।

 

जारी प्रतियोगितामा लुम्बिनी लायन्स अपराजित रहेको छ । लुम्बिनीले ४ खेलमा ३ जित र एक खेल रद्ध हुदा ७ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै काठमाडौँ गोर्खाजले ३ खेलमा २ जित र एक हार बेहोरेको छ ।

 

लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो चितवन राइनोजविरुद्धको खेल बर्षाले रद्ध हुदा अंक बाडेको थियो । त्यस्तै तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको थियो भने चौथो खेलमा जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको थियो ।

 

त्यसैगरी, पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको काठमाडौँ गोर्खाजले भने त्यसपछि खेलेका दुवै खेलमा जित हासिल गरेको छ । काठमाडौँले पछिल्ला दुई खेलमा कर्णाली याक्सलाई ४ विकेटले र विराटनगर किंग्सलाई ९ विकेटले पराजित गरेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण

रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।

थप समाचार