आज नरसिंह जयन्ती मनाइँदै

२०८३ वैशाख १७ विहिवार
सारांश
  • प्रत्येक वर्ष वैशाख शुक्ल पक्षको चतुर्दशी तिथिका दिन नरसिंह जयन्ती पर्व मनाइन्छ ।

काठमाण्डौ, १७ वैशाख । आज  नरसिंह जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पक्षको चतुर्दशी तिथिका दिन नरसिंह जयन्ती पर्व मनाइन्छ ।

 

आजको दिन नरसिंह भगवानको पूजा गरिन्छ । नरसिंहलाई भक्तहरूको रक्षा गर्ने र अधर्मको विनाश गर्ने देवता मानिन्छ । नरसिंह जयन्तीले हामीलाई अधर्मको विनाश गर्नुपर्छ भन्ने सिकाउछ । भगवान नरसिंहले हिरण्यकश्यपलाई मारेर दुष्टता नष्ट गरेका थिए । यसले हामीलाई सधैँ खराबीविरुद्ध लड्नुपर्छ भन्ने सन्देश दिन्छ ।

 

नरसिंह जयन्तीका दिन भगवान विष्णुको नरसिंह अवतारको पूजा गरिन्छ । भगवान विष्णुले आफ्ना भक्त प्रह्लादको रक्षा गर्न र हिरण्यकशिपुको हत्या गर्न नरसिंह अवतार लिएका थिए । नरसिंह जयन्ती हरेक वर्ष भगवान नरसिंहको जन्मजयन्तीका रूपमा हर्षोल्लासका साथ मनाइन्छ । यो पर्व भक्ति र असत्यमाथि राम्रोको विजय, अधर्ममाथि धार्मिकताको विजय, सत्य र न्यायको प्रतीक हो ।

 

पौराणिक कथा अनुसार हिरण्यकश्यप नामको एक राक्षस थियो जो अति शक्तिशाली थियो । आफूलाई भगवान ठान्थे र कसैको पूजा गर्दैनन् । हिरण्यकश्यपका छोरा प्रह्लाद भगवान विष्णुका भक्त थिए । हिरण्यकश्यपुले प्रह्लादलाई भगवान विष्णुको पूजा गर्नबाट रोकेका थिए तर प्रह्लाद मानेनन् । एक पटक हिरण्यकश्यपले प्रह्लादलाई मार्ने प्रयास गरे तर भगवान विष्णुले हिरण्यकश्यपलाई मार्न नरसिंहको रूप धारण गरेका थिए । नरसिंहको आधा सिंह र आधा मानवको रूप थियो । उनले हिरण्यकशिपुलाई काखमा राखेर नङले मारिदिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?

जुन २४ मा ३९ वर्ष पुग्ने मेसीका लागि यो विश्वकप विशेष महत्वको हुन सक्छ । विश्व फुटबलका महानतम खेलाडीमध्ये एक मानिने मेसी सामु यसपटक विश्वकप इतिहासका थुप्रै कीर्तिमान तोड्ने अवसर छ ।

थप समाचार