पोखराबाट पहिलो उडानमा दुबई जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई
७ असोज, २०८३, बुधवार
- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको पहिलो उडानमार्फत विदेश प्रस्थान गर्ने यात्रुहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बिदाई गरेका छन् ।
पोखरा ; पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको पहिलो उडानमार्फत विदेश प्रस्थान गर्ने यात्रुहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बिदाई गरेका छन् ।
पोखराबाट फ्लाई दुबईले आज पहिलो उडान सुरु गरेसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई जाने यात्रुहरुलाई प्रमुख आचार्यले खादा ओढाएर बिदाई गरेका हुन् ।
विश्वप्रसिद्ध वायुसेवा कम्पनी फ्लाई दुबईले पोखरा–दुबई र दुबई–पोखरा रुटमा आजदेखि नियमित उडान शुरु गर्न लागेको हो ।
फ्लाई दुबईले आज साँझ ६:१५ बजे पोखरामा अवतरण गरी ७:१५ बजे पुनः दुबईका लागि उडान भर्ने बताइएको छ । पहिलो उडानबाट आउने विमानलाई वाटर स्यालुट (पानीको फोहरा) सहित भव्य स्वागत गरिने तयारी गरिएको छ ।
फ्लाई दुबईको उडान विवरण अनुसार दुबईबाट पोखराका लागि उडान नम्बर एफजेड ११६५ र पोखराबाट दुबईका लागि एफजेड ११६६ रहनेछ ।
पोखराबाट दुबई जाने उडानमा बिजनेस क्लासको भाडा करिब १ लाख ९० हजार र इकोनोमी क्लासको भाडा करिब ९१ हजार रुपैयाँ पर्नेछ । दुबै गन्तव्यबीचको यात्रा समय करिब साढे ४ घण्टा हुनेछ भने पोखराबाट दुबई फर्किँदा करिब साढे ५ घण्टा लाग्ने बताइएको छ ।
यो उडानले पोखरालाई विश्व बजारसँग दिगो रूपमा जोड्न र पर्यटन प्रवर्द्धनमा ठूलो योगदान दिने विश्वास गरिएको छ ।
करिब २२ अर्ब ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ को जनवरी १ मा उद्घाटन गरिएको भएपनि हाल आन्तरिक उडानमा मात्र सीमित रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सुनचाँदीको मुल्य घट्यो
-
जुफाल विमानस्थलमा अवतरणको क्रममा सीता एयरको जहाजको पांग्रा फुस्कियो
-
‘हिमाली सुनामी’ नेपालको मात्र विपत्ति होइन, अस्तित्वकै संकट हो- परराष्ट्रमन्त्री खनाल
-
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डकी विदेशमन्त्री भाल्टोनेनबीच भेटवार्ता
-
ओलीको प्रतिवेदन पारित, आज सचिवालयपछि केन्द्रीय कमिटी बैठक बस्ने
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।