परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुख चौथाईवालेबीच भेटवार्ता
२३ जेठ, २०८३, शनिवार
- भेटका क्रममा दुई पक्षबीच नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने, राजनीतिक दल–स्तरका सम्बन्ध विस्तार गर्ने तथा जनस्तरमा आपसी सम्पर्क र सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको दिल्लीस्थित नेपाली दुताबासले जानकारी दिएको छ ।
काठमाडौँ: भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेबीच भेटवार्ता गरेका छन् ।
भेटका क्रममा दुई पक्षबीच नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने, राजनीतिक दल–स्तरका सम्बन्ध विस्तार गर्ने तथा जनस्तरमा आपसी सम्पर्क र सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको दिल्लीस्थित नेपाली दुताबासले जानकारी दिएको छ ।
शुक्रबार दिल्ली पुगेका परराष्ट्रमन्त्री खनालले शुक्रबारनै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच भेटवार्ता गरेका थिए ।
दिल्लीमा परराष्ट्रमन्त्री खनालले भारतीय विदेशमन्त्री जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटमा व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरको सम्बन्धलगायत आपसी हितका विविध विषयमा छलफल हुने जनाइएको छ ।
दुवै पक्षले नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान गर्ने परराष्ट्र मन्त्रलयले बताएको छ । मन्त्री खनाल २४ गते स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
विशेष
नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश
“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।