इजरायलको कारवाहीमा हिज्बुल्लाहका इन्जिनियरिङ युनिटका कमान्डरको मृत्यु
२२ जेठ, २०८३, शुक्रवार
- इजराइलले थप जानकारी दिँदै आफ्नो वायुसेनाले रातभर गरेको कारबाहीमा हिज्बुल्लाहले इजराइली सेनामाथि आक्रमणका लागि प्रयोग गर्दै आएको एक रकेट प्रक्षेपण प्रणाली पनि नष्ट गरिएको जनाएको छ ।
काठमाडौँ: इजराइलले लेबनानमा भएको पछिल्लो सैन्य कारबाहीमा हिज्बुल्लाहका एक कमान्डर मारिएको दाबी गरेको छ ।
इजराइली सेनाका अनुसार गएको साता लेबनानमा गरिएको हमलामा हिज्बुल्लाहको इन्जिनियरिङ युनिटका कमान्डर अब्द हरबको मृत्यु भएको हो । उनी दक्षिणी लेबनानमा इजराइली सैनिकलाई लक्षित गरी विस्फोटक उपकरण तयार पार्ने कार्यमा संलग्न रहेको इजराइलको भनाइ छ ।
इजराइलले थप जानकारी दिँदै आफ्नो वायुसेनाले रातभर गरेको कारबाहीमा हिज्बुल्लाहले इजराइली सेनामाथि आक्रमणका लागि प्रयोग गर्दै आएको एक रकेट प्रक्षेपण प्रणाली पनि नष्ट गरिएको जनाएको छ ।
त्यसैगरी, लितानी नदीको उत्तर क्षेत्रमा सक्रिय हिज्बुल्लाहका एक लडाकुलाई मारिएको दाबी पनि इजराइली सेनाले गरेको छ । कारबाहीका क्रममा हतियार भण्डारण केन्द्रबाट ठूलो मात्रामा हतियार समेत बरामद गरिएको बताइएको छ ।
बरामद हतियारमा एके राइफल, सटगन, सतहबाट हावामा मार गर्ने क्षेप्यास्त्र, गोलीगठ्ठा, ग्रेनेड तथा अन्य सैन्य सामग्री रहेका छन् । इजराइलका अनुसार दक्षिण लेबनानमा हिज्बुल्लाहका दुई छुट्टाछुट्टै लडाकु समूहलाई पनि निष्क्रिय पारिएको छ ।
यसैबीच, इजराइली सञ्चारमाध्यम ‘वाईनेट’ ले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई उद्धृत गर्दै अमेरिका मध्यस्थतामा भइरहेको लेबनान युद्धविराम सम्झौतामा हालसम्म इजराइली सरकारको औपचारिक स्वीकृति नदिइएको जनाएको छ ।
सुरक्षा मन्त्रिपरिषद्को बैठकमा नेतान्याहूले हाल कुनै सम्झौता नभएको भन्दै हिज्बुल्लाहको विरोधका कारण तत्काल निर्णय नगर्ने बताएका रिपोर्टमा उल्लेख छ । उनले भनेका छन्- 'अहिले कुनै सहमति छैन । यदि उनीहरू सहमत भए भने म यसलाई स्वीकृतिका लागि अघि लैजानेछु ।'
अमेरिका, इजराइल र लेबनानबीच युद्धविरामसम्बन्धी छलफल जारी रहेको समयमा यो अभिव्यक्ति आएको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
विशेष
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
जुन २४ मा ३९ वर्ष पुग्ने मेसीका लागि यो विश्वकप विशेष महत्वको हुन सक्छ । विश्व फुटबलका महानतम खेलाडीमध्ये एक मानिने मेसी सामु यसपटक विश्वकप इतिहासका थुप्रै कीर्तिमान तोड्ने अवसर छ ।