नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका सिइओ रेग्मी निर्वाचित

११ मार्ग, २०८३
सारांश
  • संघको नेतृत्व चयन गर्ने प्रचलित परम्पराअनुसार अघिल्लो कार्यकालका उपाध्यक्षलाई अध्यक्ष बनाउने अभ्यास छ । सोहीअनुसार रेग्मी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

काठमाडौँ: नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्रराज रेग्मी निर्वाचित भएका छन् ।

 

संघको नेतृत्व चयन गर्ने प्रचलित परम्पराअनुसार अघिल्लो कार्यकालका उपाध्यक्षलाई अध्यक्ष बनाउने अभ्यास छ । सोहीअनुसार रेग्मी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

 

संघको शुक्रबार साँझ बस्ने साधारण सभाले उनको निर्विरोध निर्वाचनलाई औपचारिकता दिनेछ ।

 

त्यस्तै, संघको उपाध्यक्षमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल निर्विरोध चयन भएका छन् । यसअघि संघको कार्यसमिति सदस्य रहेका खनाल उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

 

नेपाल बैंकर्स संघ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संगठन हो । यसले बैंकिङ क्षेत्रका साझा मुद्दा, नीतिगत विषय, वित्तीय स्थायित्व तथा बैंकहरूबीचको समन्वयका विषयमा काम गर्दै आएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ

भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।

थप समाचार