चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब
७ असोज, २०८३, बुधवार
- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।
काठमाडौं ; चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।
साउन-भदौमा कुल ४ खर्ब १ अर्ब ५२ करोड रुपैयाँको वस्तु आयात हुँदा निर्यात ७६ अर्ब ५९ करोड रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात ३१.५८ प्रतिशतले बढेको छ । गत वर्ष पहिलो दुई महिनामा ३ खर्ब ५ अर्ब १६ करोड रुपैयाँको आयात भएकोमा चालु आर्थिक वर्षमा यो बढेर ४ खर्ब १ अर्ब ५२ करोड रुपैयाँ पुगेको हो ।
यस अवधिमा निर्यात भने ६१.८६ प्रतिशतले बढेको छ । गत वर्ष साउन–भदौमा ४७ अर्ब ३२ करोड रुपैयाँको निर्यात भएकोमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ७६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।
आयातको तुलनामा निर्यात अझै निकै कम रहेकाले दुई महिनामै व्यापार घाटा ३ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा २ खर्ब ५७ अर्ब ८४ करोड रुपैयाँ थियो। आयात–निर्यात अनुपात भने ६.४५ बाट घटेर ५.२४ पुगेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेपाल र भारतसहित ४७ देशका नागरिकलाई रुसी सेनामा प्रयोग गरिएको जेलेन्स्कीको दाबी
-
सुनचाँदीको मुल्य घट्यो
-
जुफाल विमानस्थलमा अवतरणको क्रममा सीता एयरको जहाजको पांग्रा फुस्कियो
-
‘हिमाली सुनामी’ नेपालको मात्र विपत्ति होइन, अस्तित्वकै संकट हो- परराष्ट्रमन्त्री खनाल
-
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डकी विदेशमन्त्री भाल्टोनेनबीच भेटवार्ता
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।