बक्स अफिस रिपोर्ट- गौथलीको दबदबाका बीच राम्रो कमाई गर्दै 'पार्वती'

२०८३ भाद्र २२ सोमवार
सारांश
  • चलचित्र विकास बोर्डले सार्वजनिक गरेको भदौ २१ गते आइतबारसम्मको चलचित्र गौथली, मास्टर्नी, पार्वती र हलीको बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो ।

काठमाण्डौ, २२ भाद्र । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।

 

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको भदौ २१ गते आइतबारसम्मको चलचित्र गौथली, मास्टर्नी, पार्वती र हलीको बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो ।

 

जसअनुसार गौथलीले बक्स अफिसमा शानदार कमाई जारी राखेको छ । साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म २५ करोड ८६ लाख २८ हजार कमाई गरेको छ । त्यस्तै यस फिल्मले ९ लाख ३० हजार ७४४ टिकट बिक्री गरेको छ ।

 

त्यसैगरी भदौ १२ गतेदेखि प्रदर्शनमा आएको चलचित्र पार्वतीले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । चलचित्रले अहिलेसम्म एक करोड ५८ लाख ८४ हजार कमाई गरेको छ भने अहिलेसम्म ५४ हजार ७३५ टिकट विक्री भएका छन् ।

 

त्यस्तै, भदौ ५ गतेदेखि प्रदर्शनमा आएको प्रियंका कार्कीको चलचित्र मास्टर्नीले भने बक्स अफिसमा खासै राम्रो गर्न सकेन । यसले अहिलेसम्म ४० लाख १५ हजार कमाइ गरेको छ । यस चलचित्रले १२ हजार १९७ टिकट बिक्री गरेको छ ।

 

त्यस्तै त्यस्तै साउन २२ गतेबाट प्रदर्शनमा आएको चलचित्र हलीले २३ लाख ३२ हजार कमाई गरेको छ भने यस अवधिमा चलचित्र हलीले ८ हजार ५२५ टिकट विक्री गरेको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार